छोरी शिक्षा विमाको रकम ३ लाख पु¥याइयो प्रादेशिक अस्पताललाई प्रतिष्ठान बनाउने सरकारको निर्णय

  • माघ १७, २०७६
  • २४७ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

जनकपुरधाम, माघ १७ । प्रदेश नं. २को सरकारले बेटी पढाउ, बेटी बचाउ अभियान अन्तर्गतको २०७५ माघ १ पछि जन्मेको छोरीहरुको १ लाखको शिक्षा विमा गर्ने घोषणा गरेको प्रदेश सरकारले त्यो रकमलाई तीन लाख पु¥याएको छ । सरकारको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री लालबाबु राउतले २०७५ माघ १ गते पछि प्रदेशमा जन्मिएकी छोरीहरु अव ३ लाख पाउने घोषणा गर्नु भएको हो । पत्रकार सम्मेलनमा उहाँले भन्नु भयो , प्रदेशमा जन्मीने छोरीहरु अब लखपति होइन कम्तीमा तीन लखिया भएकी छिन ।’ स्थानीय सरकारहरुलाई समेत यस अभियानमा सहयोग गर्न आग्रह गर्नु हुँदै मुख्यमन्त्री राउतले भन्नु, हामी अहिलेलाई तीनलाख पु¥याएका छौ, स्थानीय सरकारले सहयोग गरे भने यो रकम लाई २० वर्षमा २० लाख पु¥याउने लक्ष्य लिएका छौ । छोरी शिक्षा विमा अन्तर्गत हाल सम्म करिब १५ हजार विमा प्रदेश सरकारले गरि सकेको छ । विमा गराइ सकेका छोरीहरुले समेत यो सुविधा पाउने भएकी छिन । यसका साथै मुख्यमन्त्री राउतले अति विपन्न दलित तथा मुस्लिम परिवारका कक्षा १ देखी ८ सम्मका छात्राहरुलाई प्रति महिना पाँच सय दिने आफुहरुको योजना रहेको र यसै आर्थिक वर्ष देखी पाइलट प्रोजेक्टको रुपमा शुरु गरिने जानकारी समेत गराउनु भयो । मुख्यमन्त्री राउतले जनकपुर स्थित प्रादेशिक अस्पताललाई आर्युविज्ञान प्रतिष्ठानमा रुपान्तरण गरिने प्रक्रिया समेत सरकारले शुरु गरि सकेको जानकारी गराउनु भयो । ् आजै सम्पन्न मन्त्री परिषदको बैठकले प्रादेशिक अस्पताललाई प्रदेश आर्युविज्ञान प्रतिष्ठानको रुपमा रुपान्तरण गर्ने निर्णय गरेको छ । यसका साथै मन्त्री परिषदले मधेश आन्दोलनका शहीद परिवार तथा घाइतेहरुको दीर्घकालिन व्यवस्थापनका लागि मधेशी शहीद प्रतिष्ठान गठन गर्ने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...