जनचेतना मुलक नाटकले , अभिभावकहरु भावुक बने

  • माघ १७, २०७६
  • ५२६ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

संजय बिश्वकर्मा लहान १७ , माघ । प्रदेश नम्बर – २ सरकारको ‘बेटी बचाउ, बेटी पढाउ’ अभियानले आजभोली तराईका जिल्लाहरुमा जताततै चर्चा पाईरहेको देखिन्छ । त्यही स्वरुप सिरहाको लहान– १२ मा रहेको सलहेश फुलवारी सेकेन्ड्री ईङ्गलिश बोडिङ्ग स्कुलका भाईबहिनीहरुले बिहिबार बेटी बचाउ, बेटी पढाउ अभियानको बिषयलाई स्वरस्वती पुजाको अबसरमा प्रमुख प्राथमिकतामा राखी नाटक प्रस्तुत गरेका थिए । कक्षा ८ र ९ का भाईबहिनीहरुले करिब १ घण्टा प्रस्तुत गरेको नाटकमा बिधार्थीका अधिकांस अभिभावकहरुको उपस्थिती समेत रहेका थिए । राजेश चौधरी, लक्ष्मि चौधरी, अजिता चौधरी, संतोषी साह लगायतका बालबालिकाहरुले प्रस्तुत गरेको प्रतिभा हेर्दा अधिकांश अभिभावकहरुको आँखाबाट आँसु भरेको थियो । छोरीहरुको बास्तबिक पिडालाई उजागर गर्ने नाटक हेर्दै एक जना अभिभावक अनिल चौधरीले भने ‘समाजमा हाल सम्म पनी छोरीहरुलाई भु्रण हत्या गर्ने प्रचलन रहेको छ । शहर देखि ग्रामिण भेगहरुमा छोरालाई बोडिङ्ग स्कुलमा पढाउने, छोरीलाई सरकारी स्कुलमा पढाउने चलन ब्याप्त रुपमा समाजमा कायमै रहेको भन्दै त्यस्ता चलनले सिंगो देशको विकासलाई पछाडी तिर धकेलीने उनले बताए । मुलुक लोकतान्त्रिक पद्धतीको अभ्यास गरिरहेको बेलामा पनी छोरीलाई दोस्रो दर्जाको रुपमा हेर्ने कोणमा हाल सम्म पनी परिवर्तन हुन नसकेको अर्का एक जना अभिभावक राजदेब पासमानले बताए । सृष्टीलाई रचना गर्नमा महिलाको प्रमुख भुमिका रहेको भन्दै उनले भने ‘महिला पुरुष एक रथका दुई पाग्रा हो, पुरुष सरह महिलालाई पनी सरकारले हरेक अधिकार दिएकाले महिलालाई बिभेद गर्न नहुने उनले तर्क गरे । बालबालिकाको प्रतिभालाई उजागर गर्न स्थानिय भाषा, संस्कृतका गितहरुका साथै लोक नृत्य समेत प्रस्तुत गरेको प्रिन्सिपल शिवकान्त चौधरीले जानकारी दिनुभयो । स्कुलका सम्पुर्ण शिक्षक लगायत अभिभावकहरुको बिषेश उपस्थितिमा भब्य तरीकाले सरस्वती माताको पुजा आराधना गरिएको आयोजक स्कुल श्रोतले जनाए ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...