सिरहामा विपन्न दलित छोरीलाई विवाह गर्न खाडी मुलुकबाट आर्थिक सहयोग

  • माघ १८, २०७६
  • २१४ पटक पढिएको
  • संजय विश्वकर्मा
alt

 लहान, १८ माघ । सिरहाको औरही गाउँपालिका २ की २१ बर्षिया रिंकु साफीको बिहेका लागि खाडी मुलुकमा पसिना बगाईरहेको नेपाली युवाहरुको एक समुहले आर्थिक सहयोग गरेको छ ।

‘मानवसेवा नै बास्तबिक धर्म हो’ भन्ने उदेश्यका साथ निश्वार्थ रुपमा कामकाज गर्दै आईरहेको सो ग्रुपले नगद २५ हजार रुपैया र लत्ताकपडा सहयोग गरेको हो । रिंकु साफि लगायत ४ छोरी र २ छोरा गरी ६ सन्तान रहेको उनका वुवा नेति साफिले बताए ।

सबैभन्दा जेठी छोरीको बिवाहका लागि ग्रुपले सहयोग गरेकोमा हर्शित हुँदै उनले भने, ‘दहेज लिनु र दिनु कानुनी अपराध हो बिना दहेजको नमुना रुपमा छोरी बिहे गरे, आफूलाई दहेज दिने क्षमता पनि छैन । गरिब र बिमारी छु । छोरा छोरीहरु सानो छ । बच्चाहरुको पढाई लेखाईको लागि पनि सहयोगी हातहरुको अपेक्षा गरेको छु ।’

आर्थिक अबस्था कमजोर रहेको नेति साफी बिरामी भएको कारण रिंकुको बिहेमा रहत स्वरुप नगद सहयोग गरेको ग्रुपले जनाए । रिंकुको माघ १७ गते शुक्रबार सिरहाको धनगडीमाई नगरपालिका ८ बस्ने जय साफी संग समाजिक परम्परा अनुसार बिबाह भएको थियोे ।

दलित समुदाय अन्तर्गत धोबी जातिहरुले रजक सेवा समाज ग्रुप स्थापना गरि सो जातिको गरिब, असहायहरुलाई बारम्बार सहयोग गर्दै आईरहेको ग्रुपका प्रतिनिधि हरेराम साफिले जानकारी दिए । मलेशिया, साउदी लगायत खाडी मुलुक गएका दलित जाती अन्तर्गत धोबी समुदायका युवाहरुले रजक सेवा समाज ग्रुप चलाईरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...