क्याम्पस आङ्गिक गर्ने निर्णयको पत्र आएपनि, पछि कुनै प्रक्रिया अघि बढेन – क्याम्पस प्रमुख खत्री

  • माघ २०, २०७६
  • ७३८ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

सुमन महतारा गुल्मी, माघ २० / नेपाल विद्यार्थी संघ रेसुङ्गा बहुमुखी क्याम्पस इकाई समितिले क्याम्पस आङ्गिक भएको पत्र सार्वजनिक गर्न क्याम्पस प्रमुखलाई आग्रह गरेको छ ।

अनेरास्ववियूले सरकारले आंगिक बनाएको पत्र क्याम्पस प्रशासनलाई प्राप्त भएको तर सार्वजनिक नगरेको भन्ने आरोप लगाएको भन्दै आईतबार क्याम्पस प्रमुख हरिबहादुर खत्रीलाई क्याम्पस आङ्गिक भएको पत्र सार्वजनिक गर्न नेविसंघ इकाई समितिले पत्र बुझाएको इकाई समितिका संयोजक रोशन सिंह ठकुरीले जानकारी दिए । यदि सत्य त्यही नै हो भने प्रशासनले विद्यार्थी र समूदाय माथी गम्भिर अपराध गरेको निष्कर्ष निकाल्दै उक्त पत्र सार्वजनिक गर्न नेपाल विद्यार्थी संघले जोडदार माग गरेको छ । अन्यथा नेपाल विद्यार्थी संघ कडा भन्दा कडा आन्दोलन गर्न बाध्य हुने संयोजक ठकुरीले बताए ।

जिम्मेवार स्ववियू र सत्तापक्षका नेतालेले आंगिक बनिसकेको घोषणा गरिसकेको भने पनि त्यो झुटो र सत्य नभएको एक संचालक समितिका सदस्यले बताए । अहिले क्याम्पस सञ्चालनको विधि पुरानो संरचना बमोजिम छ । यदि आङ्गिक भएको भए पुरानो ढाचा र विद्यार्थीको शुल्कमा कुनै परिवर्तन नदेखिनुले गम्भिर प्रश्न खडा भएको नेपाल विद्यार्थी संघका निवर्तमान केन्द्रीय सदस्य सुदर्शन खनालले बताए । अघिल्लो स्ववियू निर्वाचनमा आङ्गिक क्याम्पसको मूद्धा बनाई भोट प्राप्त गरि विजयी भएका अनेरास्ववियुले क्याम्पस मध्यपश्चिम विश्वविद्यालय अन्तर्गत आंगिक बनेको भन्दै दिप प्रज्वलन समेत गरेको थियो । गुल्मी जिल्लाकै शैक्षिक धरोहरको रुपमा रहेको रेसुङ्गा बहुमुखी क्याम्पस सञ्चालन सामूदायिक स्तरबाट गरिरहँदाका धेरै चूनौतिहरु देखिएका कारण क्याम्पसलाई सामूदायिक स्तरबाट नेपाल सरकारको आङ्गिक क्याम्पसमा रुपान्तरण गर्नुको अर्को विकल्प नभएको भन्नेमा नेपाल विद्यार्थी संघ दृढ रहेको उक्त पत्रमा उल्लेख गरिएको छ । क्याम्पस प्रमुख हरिबहादुर खत्रीले २०७४ साल भदौ १० गते मध्यपश्चिमाञ्चल विश्वविद्यालयको सिनेटले रेसुङ्गा बहुमुखी क्याम्पस सहित १० वटा क्याम्पसलाई नेपाल सरकारले आवश्यक बजेटको व्यवस्था गरेको खण्डमा आङ्गिक बनाउँने निर्णय गरेको बताए । उनले त्यही निर्णयको पत्र प्राप्त भएको बताउँदै अन्य कुनै पनि कागजात र क्याम्पस आङ्गिक भएको भन्ने कुनै पत्र नआएको बताए । क्याम्पस विगतमा जसरी चलेको थियो त्यसरी नै चलेको बताउँदै क्यम्पस प्रमुख खत्रीले भने, ‘स्थानीय सरकार र प्रदेश सरकारले केही पुँजीगत खर्चको सहयोग गरेको छ । महत्वपूर्ण सहयोग हाम्रो यो क्याम्पसलाई अहिले विश्वविद्यालय अनुदान आयोगबाट भएको छ ।’

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...