परराष्ट्र मन्त्री ज्ञवाली गुल्मी आउदै, जिल्लामा स्वास्थ्य विमा बोर्ड बस्दै।

  • माघ २०, २०७६
  • ९९ पटक पढिएको
  • सुमन महतारा
alt

प्रदेशटाइम्सको लागि सुमन महतारा गुल्मी,माघ २०, ।

नेपाल सरकारका पराराष्ट मन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी नेकपा स्थायी कमिटी सदस्य प्रदिप कुमार ज्ञवाली जनताको बहुप्रतिक्षित स्वाथ्य विमा बोर्ड उद्घाटन गर्ने लगायतका महत्वपुर्ण कार्यक्रम लिएर समवार साँझ गृह जिल्ला गुल्मी आउदै छन् ।

नेकपा गुल्मी जिल्ला पार्टी, संगठन विभाग प्रमुख बालसिंह काउछाले दिएको जानकारी अनुसार भोली बिहान ७ः३० बजे सदमुकाम तम्घासको जिल्ला समन्वयको सभाहलमा प्रेस सङ्गगठन नेपाल गुल्मीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री ज्ञवाली सहभागी हुने छन् ।
त्यस लगतै रेसुङ्खा नगरपालीका १०,सिमिचौर स्थित् भगवती माध्यमिक विद्यालयको नवनिर्मित भवनको मन्त्री ज्ञवालीले उद्घाटन गर्ने छन् । साथै सोही वडाको लिफिटङ्ख स्टिम खानेपानी योजनाको उद्घाटन र निमार्णधिन रेसुङ्खा विमानस्थलको निरिक्षण समेत गर्ने बताईएको छ ।
त्याँहा बाट फर्के लगतै जनताकाृे बहुप्रतिक्षित स्वास्थ्य विमा बोर्डको मन्त्री ज्ञवालीले उद्घाटन गर्ने छन् । बोर्डको उद्घाटन लगतै गुल्मीमा जनताले आफ्नो स्वास्थ्य विमा गराउन सुरु गर्ने छन् ।
वार्षीक ३५ सय को विमा शुल्क बाट पाँच जनाको परिवारले वार्षीक एक लाख सम्मको स्वास्थ्य उपचारसुविधा लिन पाउने छन् । मन्त्री ज्ञवाली भोलीनै रेसुङ्खा नगरपालिका १४ को पराल्मी पुगेर जनता आवस कार्यक्रम अन्र्तगत खरका छाना विस्थापित गर्न विपन्न वर्गलाई जस्ता पाता हस्तान्तरण गर्ने कार्यक्रम तय गरिएको नेकपा गुल्मीले जनाएको छ ।
पर्सी माघ २२ गते नेकपा गुल्मीको पार्टी कार्यालय पुष्पलाल स्मृती भवनमा मन्त्री ज्ञवालीले कार्यकर्ताहरुलाई प्रशिक्षण दिने भएका छन् । मन्त्री ज्ञवाली संगै नेकपाका अर्का प्रभावशाली नेता तथा पुर्व मन्त्री जर्नादन शर्मा ( प्रभाकर )आउने भनिए पनि पार्टीको कार्य व्यस्तताका कारण गुल्मी आउने कार्यक्रम स्थिगित गरिएको नेता काउछाले जानकारी दिए । उनका अनुसार पार्टी प्रवक्ता नारायण काजी श्रेष्ठ आउन सक्ने झिनो सम्भावना रहेको छ

 
 

प्रतिक्रिया दिनुहोस

सिरहामा एसईई र एसएलस ...

एसईई र एसएलसीई परीक्षामा जफत गरिएका ४९६ थान मोबाइल नष्ट सिरहा, जेष्ठ २१— यस वर्षको एसईई तथा एस ...

सिरहामा क्याम्पस भवन ...

 सिरहा, जेठ ८— सू.स.मो.या. बहुमुखी क्याम्पस, सिरहामा क्याम्पस भवन मर्मत तथा निर्माण सम्बन ...

सार्वजनिक स्रोत–साधन ...

काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले सार्वजिनक निकायको जवाफदेहिता, पारदर्शिता र निष्ठा प्रवर्द्धन ...