सिरहाको महेशपुरमा घाईते अवस्थामा लोपोन्मुख गिद्द

  • माघ २०, २०७६
  • २६० पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेशटाइम्स समाचारदाता सिरहा,माघ २० गते । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकास्थित महेशपुरमा आज विहान घाईते अवस्थामा लोपोन्मुख एउटा गिद्द फेला परेको छ ।
घाईते अवस्थामा नेपाल प्रहरीले फेला पारेको गिद्द डिभिजन वन कार्यालय लहान सिरहालाई बुझाईएको छ ।
गम्भीर घाईते अवस्थामा भेटिएको गिद्दलाई डिभिजन वन कार्यालय सिरहामा राखिएको र औधषी उपचार गरिने डिभिजनल वन अधिकृत सूभाष चन्द्र दासले बताउनुभयो ।
सो गिद्द के कसरी घाईते भएको हो र कहाँबाट आएको हो भन्ने खुल्ल नसकेपनि विजुलीको तारमा करेन्ट लागेर घाईते भएको हुन सक्ने स्थानीयहरुले अनुमान गरेका छन् ।
लोपोन्मुख हुन लागेको गिद्द धेरै दिन पश्चात् देखापरेपछि गिद्द हेर्न वन कार्यालयमा घुईचो नै लागेको प्रमुख दासले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...