प्रदेश २ मा सुरक्षित बेटी अभियान शुभारम्भ

  • माघ २१, २०७६
  • २९३ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

रोहित महतो
जनकपुरधाम, माघ २१  । 
प्रदेश २ का छोरीलाई निर्भिक र सुरक्षित बनाउन २ सरकारले ‘सुरक्षित बेटी अभियान’ थालनी गरेको छ। आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ‘महिला हिंसाविरुद्ध शून्य सहनशीलता, सुरक्षित बेटी हाम्रो प्रतिबद्धता’ भन्ने मुल नाराका साथ सुरक्षित बेटी अभियानको सोमबारदेखि औपचारिक रूपमा सुरु गरेको हो।

प्रदेश २ मा छोराछोरीबीच चरम विभेद रहेको भन्दै लैङ्गिक समानता तथा विकासका लागि हरेक विद्यालयमा अनिवार्य रूपमा प्रशिक्षण विधी बनाएर छोरीलाई आत्मरक्षा प्रशिक्षण दिने बताइएको छ। हरेक स्थानीय तह तथा सुरक्षा निकायसँग समन्वय गरी दीर्घकालीन रूपमा लैङ्खिक हिंसाविरुद्ध अभियान चलाएर सम्मान तथा भयरहित वातावरण बनाइने मन्त्रालयले जनाएको छ। प्रवद्र्धनात्मक कार्यक्रम चलाएर घर समाजबाटै महिलालाई सुरक्षित बनाउन चेतनास्तर वृद्धिका लागि समेत कार्यक्रम थालिने बताइएको छ।

अभियानको आरम्भ गर्दै मुख्यमन्त्री लालबाबु राउतले समाजिक बनोट र पारिवारीक वातारणले छोरीलाई कमजोर बनाएको उल्लेख गर्दै उनीहरूलाई मजबुत बनाउन घरबाटै पहल गर्नुपर्नेमा जोड दिए।

अभियानअन्तर्गत सचेतनामूलक सन्देश उत्पादन तथा प्रसारण, मि टु अभियान, विद्यालय पाठ्क्रममा लैङ्गिक हिंसाका विषयहरू समावेश गर्ने, लैगिक हिंसा निवारण कोषको व्यवस्था गर्ने मन्त्रालयकी अधिकृत नीतु दुवेले जानकारी दिइन्। यो अभियानअन्तर्गत चेतनामूलक कार्यक्रमका साथै महिला हिंसाविरुद्धको ऐन कानुनबारे जानकारी, आवश्यक कानुनहरूको निर्माण तथा अपराधीलाई कडा भन्दा कडा सजायको व्यवस्था गरिने जनाइएको छ।

अभियानको आरम्भ गर्दै मुख्यमन्त्री लालबाबु राउतले समाजिक बनोट र पारिवारीक वातारणले छोरीलाई कमजोर बनाएको उल्लेख गर्दै उनीहरूलाई मजबुत बनाउन घरबाटै पहल गर्नुपर्नेमा जोड दिए।

‘हाम्रो चिन्तनले नै छोरीलाई कमजोर बनाइ दिएको छ, उनीहरूलाई बलियो बनाउन हामी आफैबाट पहिले सुरुवात गर्नुपर्दछ,’ उनले भने, ‘छोरी जन्मिनासाथ परिवार र समाजले गर्ने व्यवहारमा परिवर्तन ल्याउन सक्नुपर्छ। हामीले भन्न सक्नुपर्छ, छोरी कमजोर होइन, छोरी बलिया हुन, जे पनि गर्न सक्दछन।’

आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले समाजिक रुपान्तरणका लागि थालिएको यो अभियानले विभेद अन्त्य गर्न कोसेढुङ्गा सावित हुने दाबी गरे। कानुन मन्त्रालयले धेरै गृहकार्य गरी यो कार्यक्रम थालेको बताउँदै उनले १५ वर्षभित्र प्रदेशमा सुरक्षा निकायको प्रमुख बन्न सक्ने दाबी गरे।

कार्यक्रममा सहभागी उपसभामुख, राज्यमन्त्री, मन्त्री तथा सांसदहरूले समेत यो अभियानको प्रशंसा गरेका थिए। महिला तथा बालबालिकाको अवस्थाबारे जानकारी दिँदै मन्त्रालयका उपसचिव टिकाराम ढकालले प्रदेश २ मा ६६ प्रतिशत महिला तथा किशोरी अन्यायमा पर्दा समेत चुप लागेर बसेको तथ्याङ्क प्रस्तुत गरे। सरकारको तथ्याङ्कअनुसार अन्याय तथा विभेदमा परेका ८ प्रतिशत पीडितले मात्र प्रहरीको सहयोग लिने गरेका छन्।

यस्तै, न्याय र अधिकारका लागि २५ प्रतिशतले संघ/संस्था र १० प्रतिशतले कानुन व्यवसायीसँग सहयोग लिदै आएका छन्। सातवटै प्रदेशमध्ये सबैभन्दा धेरै घरेलु हिंसा हुने प्रदेश २ मा ७४.६ प्रतिशत घरमै चुप लागेर बसेको उनको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...