शिक्षकको हजिरीमा रातो चिनो

  • माघ २१, २०७६
  • ९०४ पटक पढिएको
  • राम पुकार यादव
alt

राम पुकार यादव÷ २० माघ सिरहा । सिरहाको बिष्णुपुर गाउँपालिका वडा न.१ स्थित गौरिपुर माविमा शिक्षक समयमा बिदालय नआएको कारण सात वटा शिक्षकको हाजिरीमा वडा अध्यक्षको निदेैशन बमोजिम प्र.अ.ले रातो मसि लगाएका हुन ।दश कक्षाको बिदार्थीहरुको लागि एसईइ परिक्षा मुखमै आइसकेको मध्यनजर गर्दै १ न. वडाका अध्यक्ष गोपिनदर यादवले अनुगमन गरेको बेला शिक्षकको व्यापक अनुपस्थिती देखेर अनुपस्थित सबै शिक्षकको हाजिरीमा रातो मसिले चिनो लगाउन प्र.अ.लाई निर्देशन गरि सात वटा शिक्षकको हाजिरी काटन लगाएका थिए ।
अध्यक्ष यादवका अनुसार बिगत चार महिाना देखि बिदार्थी भाई बहिनिहरुले यस बिदालयको पठन पाठनमा लापारबाहि भएको भन्दै गुनासो गरेपछि कडाईका साथ अनुगमन गरेको र अनुपस्थित शिक्षकहरुको हजिरी समेत काटन लगाएको बताए । अध्यक्ष यादवले पटपटक यस बिदालयमा यस्तै रबैया रहिआएको र शिक्षकहरु पठन पाठन भन्दा पनि राजनितिमा चासो दिएका बताए । वडा अध्यक्ष यादवले निजि स्रोतमा काम गर्दै आएकी निमावि शिक्षिका शिला कुमारी महतो,प्रा.शि हिरालाल साह,शानित कुमारी यादव,काशिन्दर यादव,रामदयाल महतो,उतिमलाल महतो र कार्यालय सहायक लक्ष्मि कुमार यादवको हजिरीमा रातो चिनो लगाएको जनाए । पठनपाठनको गहन सन्दर्भसगै बिदालयको प्रधनाध्यापक प्रलाद यादवले हाम्रा शिक्षकहरुले समयमा तलव नपाएर शिक्षणमा कठिनाइ आएको छन र यहाँको पठन पाठन असहज बन्दै गएको जानकारी गराउादै उहाँले,आफुले प्र.अ.को जिम्मेबारी बहन गरे देखि पठन पाठन गुणात्मक भएको दावि गरे । उहाँले चिसोको कारण पनि बिचमा आठ घण्टी पढाई हुनुपर्नेमा चार वटा बिषयको मात्र पढाई हुदै आएको जनाए ।
कोचिंग कलाशको नाममा चार लाख घोटाला
कोचिंग कलाशको नाममा गाउापालिकाले बिनियोजन गरेको रकम कोचिंग नपढाइकन शिक्षकहरुले निकालि बाँडफाड गरेको वडा अध्यक्ष गोपिनदर यादबले बिदालय अनुगमन गदै प्र.अ.प्रलाद यादव सँग गुनासो राखे ।वडा अध्यक्ष यादव बिदालयमा चार महिना देखि राजनिति भैराखेको भन्दै यसमा प्र.अ र शिक्षकहरुको व्यापक लापारबाहि रहेको ठोकुवा गरे ।प्र.अ.ले लापारवाहि भएको हो तर यहाँको गाउँपालिका सम्बद शिक्षा शाखाको कर्मचारी पनि प्रमुख दोषि रहेको बताए ।उहाँले,शिक्षा शाखाका प्रमुखलाई शिक्षकहरुको तलबको लागि पटक पटक गुर्हादा पनि समयमा तलब उपलब्ध नगराएका कारण बिदार्थीहरुको अध्यन अध्यापनमा शिक्षकहरुले तादरुक्ता नदेखाएको र तिन प्रियडको चार हजार महिनाको दरले कोचिंगको रुपैया शिक्षकहरुले निकालि सन्तोष बुझाएको दावि गरे । तर बिदार्थीहरुले भने कोचिंग कक्षा पनि नियमित रुपले नचलेको बताए ।बिदार्थीहरु भन्छन यस गाउँपालिका अन्तरगतको शिक्षा शाखा बाट अहिले सम्म कुनै किसिमको अनुगमन नै भएको छैन ।यसै सन्दर्भमा बुझन बिष्णुपुर गाउँपलिका शिक्षा शाखाको प्रमुख दिप कुमार यादवलाई फोन लगाउँदा फोन नउठेको र पछि उहाँले स्विच अफ गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एसईई र एसएलस ...

एसईई र एसएलसीई परीक्षामा जफत गरिएका ४९६ थान मोबाइल नष्ट सिरहा, जेष्ठ २१— यस वर्षको एसईई तथा एस ...

सिरहामा क्याम्पस भवन ...

 सिरहा, जेठ ८— सू.स.मो.या. बहुमुखी क्याम्पस, सिरहामा क्याम्पस भवन मर्मत तथा निर्माण सम्बन ...

सार्वजनिक स्रोत–साधन ...

काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले सार्वजिनक निकायको जवाफदेहिता, पारदर्शिता र निष्ठा प्रवर्द्धन ...