बिद्यार्थीको चाहना अनुसारको शिक्षामा जोड

  • माघ २१, २०७६
  • ९८७ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

संजय विश्वकर्मा
लहान २१ , माघ । सिरहको लहानमा आज सिस्टम ,सेक्सन, र ह्यापिनेस बिषयमा एक दिने कलेज मोटिभेटर कार्यक्रम सम्पन्न भएको छ । लहानको माडबाडि सेवा सदनमा भएको कार्यक्रममा बिधार्थीको रुचि चाहना अनुसारको अध्यापन गर्ने बिषयमा ब्यापक रुपमा बिधार्थी , प्रिन्सिपल लगायत आयोजक निष्ट कलेज काठमाण्डौका शिक्षकहरुको बिचमा बिषेश रुपले छलफल भएको आयोजकले जनाएको छ ।
कक्षा १० को बिद्यार्थीहरुको सहभागीता रहेको कार्यक्रममा निष्ट कलेजको तर्फबाट प्रशिक्षक एवम् मोटिभेटर सिमोन न्यौपानले बिधार्थीहरुलाई पढाईको क्रममा तनाब न्युनिकरण गर्नका लागी बिभिन्न बिधिबारे जानकारी गराएको आयोजक निष्ट फाउन्डेशनका एजुकेशनल कन्सलटेन्ट राजकुमार गुप्ताले जनाए ।
लहानको मनकामना एजुकेशनल एकेडेमीका प्रिन्सिपल उमेश यादवको अध्यक्षतामा संचालित कार्यक्रममा गोल्डेन गेटस् ईङ्गलिस बोर्डिङ्ग स्कुल लहान , सारदा ईङ्गलिस बोर्डिङ्ग स्कुल लहान , शिवम रेन्बो , संकल्प वाटिका लगायत करिब लहानका १० वटा स्कुलको बिधार्थीको सहभागितामा सो कार्य्रक्रम भएको थियो ।
बिधार्थीको चाहना अनुसारको शंकायमा भर्ना गराएमा बिद्यार्थीहरु पढाई प्रति आकर्षित हुनुको साथै ऊनीहरुको रुचि बढ्नेमा कुनै शंका नरहनेमा जोड दिईएको थियो ।
समाजमा व्यापक रुपमा अभिभावकहरुको करले विद्यार्थी पढ्ने गरेकोले त्यस्ता शिक्षाले समाज र देश विकासका लागी प्रभावकारी नहुने कार्यक्रममा बोल्ने अधिकान्स बक्ताहरुले भनेका थिए । सन १९९३ मा स्थापना भएको निष्ट कलेज नेपालभरीमा बिज्ञान शंकायमा उत्कृष्ट घोषणा हुनुका साथै हजार भन्दा बढी डाक्टर , ईन्जिनिर, सय भन्दा बढी सिए लगायतका समाजका प्रतिष्ठित ब्यक्तिहरु उत्पादन गरेको कलेज श्रोतले जनाए । छात्रबृति कार्यक्रममा सबैभन्दा बढी बिद्यार्थीलाई सहभागी गराउने दाबी गर्दै यस कलेजले चैत्र १८ गते लहानमा छात्रबृति परिक्षा संचालन गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...