प्रदेश नम्बर ५ ले सिङ्गो नेपालमै उदाहरणीय काम गरेको छ ः सामाजिक बिकाशमन्त्री बराल ।

  • माघ २१, २०७६
  • ३९८ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

गुल्मी, माघ २१ ÷ पाँच नम्बर प्रदेशका सामाजिक विकासमन्त्री शुदर्शन बरालले प्रदेश सरकारले
सिङ्गो नेपालमै उदाहरणीय काम प्रस्तुत गरेको दाबी गरेका छन् ।
मङ्गलबार प्रेस संगठन गुल्मीले सदरमुकाम तम्घासमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बरालले हालसम्म प्रदेश सरकारले स्थानीय सरकारको अभिभावकत्व ग्रहण गर्ने १ सय ९ वटै स्थानीय सरकारहरुलाई विकास निर्माण र जनताको सेवाको एउटै लयमा हिडाउने हिसाबले प्रदेश समन्वय परिषदले धेरै मात्रामा प्रगति गरेको बताए । साथै मन्त्री बरालले यस प्रदेशमा भएका सबै अस्पतालहरुको आधारभूत सुधार गरिने बताएका छन ।

प्रादेशीक अस्पतालहरुलाई प्रादेशिक गौरवको योजनाको स्तरमा पुर्याउने बताए । यहाँका नागरीकहरुलाई उपचारका लागि यस प्रदेश भन्दा बाहिर जान नपर्ने गरी व्यवस्थापन मिलाउन प्रदेश सरकार तत्पर रहेको उल्लेख गरे । उनले आयुर्वे्दिक स्वास्थ्य अस्पताललाई स्तरोन्नती गरेर स्थानीय जडीबुटीलाई औषधी उत्पादनसम्म लैजाने गरी प्रदेश सकार लागी परेको दाबी गरे ।

यो आर्थिक वर्षमा विपन्न नागरिकका लागि दमका समस्या भएकालाई ५० हजार सम्म निःशुल्क उपचार गर्ने व्यवस्था मिलाईएको बताए । अस्पतालमा जन्मिने शिशुहरुका लागि भिटामिन के निःशुल्क उपलब्ध गराउने बताउँदै मन्त्री बरालले भने,‘८४ वर्ष पुगेका वृद्धवृद्धाहरुका लागि घरघरमै स्वास्थ्य सेवा प्रदान गरिने छ ।’

आगामी वर्षमा सबै जिल्ला अस्पतालमा आई.सि.यू सेवा विस्तार गरीने योजना रहेको बताए । सुत्केरी धेरै हुने स्थानहरुमा एन.आई.सि.यू नवजात शिशुलाई राख्ने सघन उपचार कक्ष सेवा उपलब्ध गराउने जानकारी दिए । । प्रदेशको राजधानी र नाम अब छिट्टै हुन लागेको हिउँदे अधिवेशनबाट टुङ्गो लगाईने बताए ।
यस आर्थिक वर्षको अहिलेसम्म १८ प्रतिशत बजेट खर्च भएको बताएका छन् । उनले बाँकी बजेटको सही समय र गुणस्तरमा सम्पन्न गर्ने सबै मन्त्रालयले प्रतिवद्धता गरेको मन्त्री बरालले बताए ।

 

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...