चैत्रमा हुने छात्रबृती परिक्षामा सहभागी हुन जिल्लाका सम्पुर्ण बिधालयलाई निष्ट कलेजद्धारा आग्रह

  • माघ २४, २०७६
  • २३५ पटक पढिएको
  • संजय विश्वकर्मा
alt

लहान २४ , माघ । बिज्ञान संकायमा नेपालको उत्कृष्ट काठमाडौका एक कलेजद्वारा सिरहा जिल्लाको -३ स्थानमा सिस्टम ,सेक्सेस र ह्यापिनेस बिषयमा एक दिने कलेज मोटिभेशन कार्यक्रम सम्पन्न भएको छ । लहानमा माघ २१ गते ,मिर्चैयामा २२ र बन्दीपुरमा २३ गते गरि तीन दिनमा सो कार्यक्रम सम्पन्न गरेको आयोजक निष्ट फाउन्डेसनले जनाएको छ । सफलताका कथाका साथै जिवनमा खुसि हुनका लागी बिभिन्न बिधिहरुको बिषयमा कार्यक्रममा ब्यापक रुपमा चर्चा भएको थियो । निष्ट कलेजको मिडिया मोटिभेशन मास्टर सिमोन न्यैपानेले प्रस्तुत गरेको मोटीभेशन कार्यक्रममा ३ वटै स्थानका करिब ३० वटा बढि निजि स्कुलका बिद्यार्थी, शिक्षक र संस्थापकहरुको सहभागीता रहेको थियो ।

कार्यक्रममा मोटिभेटर सिमोन न्यौपानले बिधार्थीहरुलाई पढाईको क्रममा तनाब न्युनिकरण गर्नका लागी बिभिन्न बिधि, बिधार्थीको चाहना अनुसारको शिक्षा भएमा पढाई प्रती आकर्षित हुने लगायतका बारेमा जानकारी गराएका थिए । कक्षा १० को बिद्यार्थीहरुको सहभागीता कार्यक्रममा समाजमा व्यापक रुपमा अभिभावकहरुको करले विद्यार्थी पढ्ने गरेकोले त्यस्ता शिक्षाले परिवार ,समाज र देश विकासका लागी प्रभावकारी नहुने कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरुले बताएका थिए । सन १९९३ मा स्थापना भएको निष्ट कलेज नेपालभरीमा बिज्ञान शंकायमा उत्कृष्ट घोषणा हुनुका साथै हजार भन्दा बढी डाक्टर , तिन हजार भन्दा बढी ईन्जिनिर, सय भन्दा बढी सिए लगायतका समाजका प्रतिष्ठित ब्यक्तिहरु उत्पादन गरेको कलेज श्रोतले जनाएको छ । नेपालको लैनचौर, पाटन, भक्तपुर, बनेपामा रहेको निष्ट फउन्डेशनमा करिब ६ हजार बिधार्थीहरुले उच्च शिक्षा हासिल गरिरहेको छ भने प्रत्येक वर्ष सयौको संख्यामा छात्रबृती पाईरहेको छ । छात्रबृति कार्यक्रममा सबैभन्दा बढि बिद्यार्थीलाई सहभागी गराउने दाबी गर्दै यस कलेजले २०७६ चैत्र २२ गते लहानको माडबारी सेबा सदनमा छात्रबृती परिक्षा संचालन गर्ने जनाएको छ । निष्ट फउन्डेशनका एजुकेशनल कन्सल्टेन्ट राज कुमार गुप्ता र सुमन सुबेदीको समेत सहभागिता रहेको कार्यक्रमा छात्रबृती परिक्षामा सहभागी हुन सिरहाका सम्पुर्ण बिधालयहरुलाई आग्रह गरेका गरेका छन ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...