प्रेस मैत्री कानुन बनाउने प्रतिबद्धता

  • माघ २४, २०७६
  • १७६ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

जनकपुरधाम।प्रदेश २ का प्रदेश सभा सदस्यहरुले प्रदेशमा प्रेस मैत्री कानुन बनाइने प्रतिबद्धता जनाएका छन् ।सञ्चार क्षेत्रको समग्र विकासका लागि आवश्यक र सहज कानुन निर्माण गरिनेछ’ नेपाली काँग्रेस संसदीय दलका नेता रामसरोज यादवले भने, प्रदेश सरकारले ल्याएको विधेयकमा आवश्यकता अनुसार थपघट गरिन सकिनेछ ।

मधेश पत्रकार महासंघले विहिबार आयोजना गरेको‘प्रदेश प्रेस कानुन सम्बन्धी संवाद’ कार्यक्रममा बोल्दै सांसद यादवले भने, प्रेस समृद्ध र सुरक्षित नभए सम्म लोकतन्त्र संस्थागत हुन सक्दैन् ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का प्रदेश सांसद एवं प्राकृतिक स्रोत समितिका सभापति रामचन्द्र मण्डलले हाल सम्म प्रदेशमा मिडिया काउन्सिल गठन नहुनु सरकारको कमजोरी रहेको बताए ।‘प्रदेश सरकारले सबै क्षेत्रको विकासका लागि कार्य गर्नुपर्छ’उनले भने, प्रदेश २ मा सरकार सञ्चारप्रति उदार देखिएको छैन्।

सत्तारुढ समाजवादी पार्टी संसदीय दलका उपनेता रामअशिष यादवले प्रदेशमा मिडिया काउन्सिल विधेयक पारित गरेर सञ्चार क्षेत्रको समग्र विकासका लागि सरकार अग्रसर रहेको बताए ।‘प्रदेश सभामा दर्ता भएको मिडिया काउन्सिल विधेयकलाई संशोधन गरेर त्रुटीहरु सच्चयाउन सरकार प्रतिबद्ध छ ’उनले भने, मिडियाको विकासका लागि सरकार पछि हटने छैन्।

सत्तासिन राष्ट्रिय जनता पार्टी(राजपा)संसदीय दलका प्रमुख सचेतक परमेश्वर साहले मिडियाको क्षेत्रमा अन्य प्रदेशहरुले काम अगाडी बढाइसकेपनि प्रदेश २ पछाडी परेको स्वीकारे ।‘हामी केहि पछाडी परेका छौ’उनले भने, तर प्रेसलाई अधिकार सम्पन्न र मर्यादित बनाउन आवश्यक कानुनहरुको तर्जुमा गर्न सरकार पछाडी पर्ने छैन् ।

कार्यक्रममा बागमती प्रदेशका प्रेस रजिष्ट्रार रेवतीप्रसाद सापकोटाले प्रेस सम्बन्धी कानुन बनाएर रेडियो, टीभी, अनलाइनको लाइसेन्स वितरण लगायतका कार्य प्रारम्भ गरिसकेको जनाए ।‘अभ्यासको क्रममा कानुनमा केहि संशोधन गरिने आवश्यकता समेत महसुस गरिएकोछ’ उनले भने, संघीय कानुन र प्रदेशको कानुनबीच तालमेल गरी सञ्चारकर्मी, सञ्चारगृहहरुको वृहत्तहितमा काम थालिएकोछ ।
वरिष्ठ पत्रकार, पत्रकार महिला, क्रियासिल पत्रकारहरुको पेशागत सुरक्षाका लागि कोष स्थापना, फेलोसिप, पेन्सन लगायतका कार्यक्रमहरु ल्याइएको उनले बताए ।

सुचना बैंक स्थापना गरी प्रदेश सरकारको सम्पूर्ण सुचनाहरु एउटै थलोबाट उपलब्ध गराइने कार्य प्रारम्भ गरिएको जनाउँदै सापकोटालेले भने, सबै प्रदेशमा मिडिया सम्बन्धी कानुनहरु बनेर कार्यान्वयनमा आए सामुहिक कार्य गर्न सहज हुनेछ ।

प्रेस काउन्सिल नेपालका सदस्य नवलकिसोर शरणले प्रदेश २ मा मिडियालाई व्यवस्थित र मर्यादित रुपमा अगाडी बढाउन प्रदेश सरकारले सकृय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।संवाद कार्यक्रममा सञ्चारकर्मी, राजनीतिकर्मीहरुको सहभागिता रहेको थियो । जनकपुर टुडे बाट 

प्रतिक्रिया दिनुहोस

सिरहामा एसईई र एसएलस ...

एसईई र एसएलसीई परीक्षामा जफत गरिएका ४९६ थान मोबाइल नष्ट सिरहा, जेष्ठ २१— यस वर्षको एसईई तथा एस ...

सिरहामा क्याम्पस भवन ...

 सिरहा, जेठ ८— सू.स.मो.या. बहुमुखी क्याम्पस, सिरहामा क्याम्पस भवन मर्मत तथा निर्माण सम्बन ...

सार्वजनिक स्रोत–साधन ...

काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले सार्वजिनक निकायको जवाफदेहिता, पारदर्शिता र निष्ठा प्रवर्द्धन ...