सुखिपुरमा नि:शुल्क लोकसेवा कक्षाको तयारी

  • माघ २४, २०७६
  • ११६३ पटक पढिएको
  • संजय विश्वकर्मा
alt

लहान २४, माघ । सिरहाको सुखिपुर नगरपालिकामा बिहिवार देखि दुई महिने नि:शुल्क लोकसेवा तयारी कक्षाको सुभारम्भ भएको छ । प्रतीदिन ३ घन्टा संचालन भैरहेको कक्षामा डिएन यादव , बासुदेब दहाल ,भरोषी यादव र भूषणलाल कर्णले सहजीकरण गरिरहेको आयोजक नगर सुधार समिती सुखिपुरका अध्यक्ष बिपि भुवन यादवले जानकारी दिनुभयो ।
समिति अध्यक्ष यादवले उदघाटन गरेको कार्यक्रममा सुखिपुरका तीन जना लोकसेवामा नाम निकाल्न सफल भएकाहरु सम्मानित भएका थिए । सम्मानित हुनेमा सुखिपुर नगरपालिका वडा नम्बर - ४ बस्ने सुखिपुर नगरपालिकामा कर्यरत शिक्षा अधिकृत भरोषि यादव , सोही नपा वडा नम्बर - ६ निवासी खरिदार रामकुमार यादव र वडा नम्बर - ५ निवासी खरिदार प्रदीप यादव सम्मानित भएको थियोे ।
अनुसन्धान , शैन्य , प्रहरी जवान र खरिदारको तयारी कक्षामा सुखिपुर नगरपालिका करिब ४० जना बिद्यार्थीहरुको सहभागीता रहेको जानाईएको छ ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...