सड़क नियमित मर्मतसम्भारका लागि वजेट विनियोजन गरिने: नगर प्रमुख शाह

  • माघ २८, २०७६
  • १८१ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

कपिलवस्तु , कृष्णनगर, माघ २८ कृष्णनगर नगरपालिका भित्रका मुख्य सडकहरुको अध्ययन गरी प्रतिवेदन सार्वजनिक गरिएको छ ।

अन्तर्राष्ट्रिय दातृ निकाय डीएफआईडी अन्तर्गतका सडक विशेषज्ञ टोलीले कृष्णनगरमा रहेका कुल ८ वटा मुख्य सडककाे अवस्था अध्ययन पश्चात नगरपालिकालाई प्रतिवेदन बुझाएकाे छ । प्रविधिक विशेषज्ञ सहितको टोलीका अध्ययन प्रतिवेदन सिनियर कन्सल्टेन्ट पूर्ण कडेरियाले अाईतबार कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहलाई एक कार्यक्रम गर्दै बुझाएका हुन् ।

सडक अध्ययनमा सडकको क्षेत्रफल, सडकको अवस्था, सडकमा भएका नाली, पुल, कल्भर्ट, टेवा पर्खाल, रोडफर्निचर, सडकको ट्राफिक चापको स्थिति समावेश गरिएको थियो । कृष्णनगर नगरपालिका क्षेत्रमा १९३ किलोमिटर सडक सञ्जाल रहेको छ । प्रतिवेदन बुझाउँदै सडक विशेषज्ञ कडेरियाले सडकहरुको नियमित मर्मतसम्भार गरेमा एक तिहाई खर्च कम भई नगरपालिकालाई अार्थिक भार कम हुने जानकारी गराएका थिए।

समयमा सडकहरुको मर्मतसम्भार नहुँदा राज्यले ठूलो आर्थिक भार ब्यहोर्नु परेको उनले औंल्याए । ‘बिग्रेका सडकको तत्काल मर्मतसम्भार गरेमा एक तिहाइ खर्च कम हुन्छ,’ कडेरियाले भने । सडकको मर्मतमा कूल वजेटको १ देखि ३ प्रतिशत वजेट अनिवार्यरुपमा लगानी गरेमा मात्रै सडकको गुणस्तर कायम हुने कडेरियाको सुझाव छ । सबै स्थानीय तह, प्रदेश र संघीय सरकारले समयमै सडक मर्मत गर्ने परिपाटीको विकास गरेमा राज्यको ठूलो वजेट वचत हुने कडेरियाले सुझाए ।

कृष्णनगरका नगर प्रमुख शाहलेे विज्ञहरुको प्रतिवेदनका सुझाव अनुसार सडकको नियमित मर्मतसम्भारका लागि वजेट विनियोजन गरिने बताए । नगरका सबै सडकहरुको प्राविधिकमार्फत नियमित अनुगमन गरी समयमै मर्मत गरेर बजेट सदुपयोग गर्ने शाहले बताए । सडक विशेषज्ञ गम्भीर श्रेष्ठले सडक समयमै मर्मतसम्भार गर्ने हो भने भबिष्यमा हुने ठूलो रकम बचत हुने र सडकको आयु बढ्ने बताए । कृष्णनगरका प्रमुख याेजना अधिकृत प्रदिप चाैधरीले अध्ययनपछि सडकको बस्तुस्थिति वेबसाइटमार्फत विश्वका जुनसुकै ठाउँबाट हेर्न सक्ने गरी राखिने र सडक सम्पत्तिको गुणस्तर र मर्मतसम्भारलाई नीति तथा कार्यक्रम र वजेटमा प्राथमिकता दिइने बताए ।

प्रतिक्रिया दिनुहोस

‘सुशासन जागरण अभिया ...

 रौतहट, चन्द्रनिगाहपुर। जिल्लाभर योजना तर्जुमा र बजेट विनियोजनका क्रममा रकम लेनदेन भइरहेको भन्न ...

नारायणहिटी राजदरबार ...

काठमाडौँ। गृहमन्त्री सुधन गुरुङले २०५८ सालको दरबार हत्याकाण्डको फाइल खोल्ने निर्णय गरेका छन् ।  ...

सिरहामा एसईई र एसएलस ...

एसईई र एसएलसीई परीक्षामा जफत गरिएका ४९६ थान मोबाइल नष्ट सिरहा, जेष्ठ २१— यस वर्षको एसईई तथा एस ...