गुल्मीको अाशा अपांगलाई दुई लाख पचास हजार सहयोग

  • फागुन १, २०७६
  • ४४६ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

सुमन महतारा ÷  फाल्गुन १ गुल्मी ।गुल्मीको रेसुङा नगरपालिका वडा नम्बर दुईमा रहेको आशा अपाङ केन्द्र लाई गुल्मी जिल्ला युके समाजले दुई लाख रकम हस्तान्तरण गरेको छ । सोही अवसरमा प्रथम नौमति बाजा युके समाजले पनि पचास हजार आर्थीक सहयोग रकम हस्तान्तरण गरेको छ ।
वीस २०६३ सालमा स्थापना भएको आशा अपाङ केन्द्र गुल्मी जिल्ला सङै छिमेकी जिल्लाका अपाङ्गहरुको निम्ति आशाको दियो बनेको छ ।


यस सस्था बाट अहिले सम्म करिब सात हजार भन्दा बढीले सेवा लिएका छन । भने सस्थालाई युके समाज विदेशी संघ सस्था साथै स्थानीय तहले समेत आर्थिक सहयोग गदै आएका छन । गुल्मी जिल्ला युके समाजले मात्र सन २०११ देखि अहिले सम्म ४४ लाख रकम सहयोग गरेको आशा अपाङ्ग केन्द्रकी व्यवस्थापक गङा रायमाझीले बताईन । बिहिवार सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै गुल्मी जिल्ला युके समाजका अध्यक्ष ओम थापाले आशा अपांग केन्द्रलाई स्थानीय तहले सहयोग गर्नु पर्ने बताएका छन् । पछिल्लो समय दाताहरु खस्कीदै गई रहेको बताउदै उनले यस संस्थालाई स्थानीय तहले आफ्नो बनाउन पर्ने धारण व्यक्त गरेका हुन । त्यस्तै यता रेसुंगा नगरपालिकाकी उपमेयर सीता भुसालले आशा अपांग केन्द्रले समाजमा निकै राम्रो काम गरेको बताउदै नगर बाट सक्दो सहयोग गर्ने प्रतीबद्धता व्यक्त गरेकी छन् । कार्यक्रमा नेपाली कांग्रेसका नेता भुवन प्रसाद  श्रेष्ठ लगाएतले आफ्ना बिचार व्यक्त गरेका थिए भने संस्थाकी व्यवस्थापक गंगा रायमझीले संस्थाको अवस्था बारे जानकारी गराएकी थिईन ।

आशा अपांग केन्द्र गुल्मीले  गदैं आएका कार्यहरु ।

वि स २०६३ सालमा स्थापन भएको आशा अपांग केन्द्र वास्तवमै अपांगहरुको निम्ती आशाको दियो बनेको छ । घर परिवार तथा समाज बाट उचित संरक्षण नपाएका अपांगहरुको उज्जवल भविष्य कोरी दिएको छ । अपांगहरुको क्षमता विकास तथा जिवन स्तरमा सुधार गर्ने,स्वास्थ्य जाँच,परामर्श,शिक्षा उपचार तथा आर्यआर्जनका कार्यक्रम बाट अपांगहरुको पुर्नस्थापना गर्ने,सामाजिक विभेद हटाउने, व्यवसायिक तालीम तथा रोजागारी प्रदान गर्ने र अपांगहरुको अधिकार सुनिश्चतका लागी जनचेतना फैलाउने जस्ता कार्य हरु यस संस्थाले गदै आएको छ ।

आर्थीक वर्ष २०७५,७६ मा आशा अपांग केन्द्रले चार महिला र चार पुरुष गरि आठ जनालाई रोजगारी दिएको छ । त्यस्तै एक सय ८७ महिला , १५४ जना पुरुष र अन्य तीन जना गरि तीन सय ४१ जनालाई निःशुल्क अपांगता स्वास्थ्य परिक्षण ,परार्मश तथा सहायक सामाग्री वितरण गरेको छ ।
१२ महिला नौं पुरुष गरि २१ जनालाई शिक्षामा सहयोग गरेको छ भने ,नौ महिला र सात पुरुषको घरमा अपांगता सहज चर्फी तथा आगन निमार्ण यस सस्थाले गरि दिएको छ ।
त्यस्तै सहायक सामाग्री वितरण,आय आर्जन तथा जिविकापार्जन,टेवा तथा व्यपार व्यवसाय सञ्चालन,खाना तथा खाजा,मनोसामजिक परार्मश र लत्ता कपडा सहयोग गरेको छ । जसमा चार ११ जना महिला र तीन सय ९१ पुरुषले सेवा लि

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...