एसइइमा विद्यार्थी पास गराउने ठेक्का निजि देखि सामुदायिक बिदालय समेतले पैसा उठाएको खुलासा।

  • पुस १७, २०२६
  • २५९ पटक पढिएको
  • राम पुकार यादव
alt

राम पुकार यादव/प्रदेश टाइम्स दैनिक बिष्णुपुर ।चालू २०७५ को एसइइमा विद्यार्थी पास गराउन निजि तथा सामुदायिक बिदालय हरुले अनावश्यक र गैर कानुनी ढंगले चर्को पैसा उठाएको खुलासा भएको छ । स्कुलहरुमा विद्यार्थीहरु संग सामुदायिक बिदालयले रु ५०० सय देखि १००० सम्म उठाएको छ भने निजि बोडिगँहरुले रु १००० देखि ५००० हजार सम्म रकम उठाएको हो । एसएलसी बाट एसइइपरीक्षा विगतभन्दा मर्यादित र शान्तिपूर्वक सुरु भएको छ । तर परीक्षा केन्द्रहरुमा अभिभावक पुग्ने प्रबृति अझै रोकिएका छैन । केन्द्रका वरिपरी अभिभावकको ठूलो भिड देखिएको छ । परीक्षा केन्द्रमा प्रवेश गर्दा हरेक परीक्षार्थीलाई सर्च गरिएको छ । कतिपय विद्यार्थीबाट चिट निस्केको केन्द्राध्यक्षहरुले बताएका छन् । एसईई परीक्षालाई मर्यादित रुपमा सञ्चालन भईरहेको दावी गरिएपनि परीक्षामा सेटिंग मिलाएर व्यापक चिट चोरी हुने गरेको छ । परीक्षा केन्द्रमा विषयगत शिक्षकहरुलाई विभिन्न विद्यालयका परीक्षार्थीहरुको सहुलियतका लागि गार्ड नियुक्त गरिएको देखिन्छ ।विषयगत शिक्षकहरुले तोकिएका विद्यालयका परीक्षार्थीहरुलाई परीक्षाहलमै उत्तर उपलब्ध गराउने, प्रश्नपत्र वितरण भए लगतै मोबाईलमा फोटो खिंचेर गार्डहरुले बाहिर पठाउने व्यापक देखिएको छ ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...