दस रुपैयामा खाना खुवाउने दिलिप लाई संस्कृति मंचले गर्यो सम्मान

  • फागुन ३, २०७६
  • ६९८ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 बिराटनगरमा दस रुपयामा पिछलो ५० दिन देखि निरन्तर पेट भरी खाना खुवाउदै आएका समाजसेवी दिलीप धरेवा लाइ भारत नेपाल सामाजिक संस्कृति मंच द्वारा सम्मान गरिएको छ। सम्मानित गर्दै मंचका अध्यक्ष राजेश कुमार शर्माले भने आजको दिनमा यस्तो महगों समयमा दस रुपया नेपालीमा एक कप चिया पीउन नपाउने तर समाजसेवी दिलीपले दस रुपयामा सुद्ध खानाको ब्यवस्थापन गरि समाजमा रहेका गरीब जनता लाई सेवा दिएर एउटा निकै नै अदभुत सेवा प्रदान गरेको छ। त्यही कुराले भाउक भएर आशियान इंटरनेशनल जॉर्नलिस्ट कॉउंसिलका मेराज सिद्धकीले भने यस्तो सामाजिक कार्य बाट आउने पीढ़ी लाई निकैनै राम्रो संदेश पाउने बताए। हरेक दिन 1100 भन्दा बढी जना लाई मात्र दस रुपयामा खाना खुवाएर आफैमा निकै नै प्रशंसाको पात्र बन्न पुगेको बताए। त्यस्तै बृहत मदेशी नागरिक समाजका अध्यक्ष सूर्यनाथ सिंह कुशवाहाले भने संस्कृति मंच द्वारा दुइटै देश बीच भौगोलिक स्तर बाट समाज सेवा गरि रहेका हरु लाई खोजी खोजि सम्मानित गर्दा समाजमा अरु समाजिक कार्यकर्ताहरु लाई अझै उत्साहित हुने र आझ राम्रो गर्न लाई प्रेरणा पाउने बताए। दिलीप द्वारा गरीब मजदूर सहित अन्य सबै वर्गी को नाम मात्रको राशिले गरिएको खानाको ब्यवस्थापनले पुरै सीमाँचल वासी नै गौरवान्वित भएको बताए। यस्तो समाजसेवी लाई पहिचान गरि मंचले सम्मानित गरि अझ राम्रो गर्न लाई प्रेरणा दिएकोमा साधुवादको संज्ञा दिए। दिलीप धरेवा संग सुरु देखि नै सेवामा सहयोग गर्दै आएका राजपाका जिलाध्यक्ष महोमद कादिरले भने कुनै निसहाय भोकै नरहोस भन्ने एउटा सानो प्रयास मात्र रहेको बताए। सम्मान कार्यक्रममा मंच द्वारा निशुल्क खानाको ब्यवस्थापनमा सहयोग गर्दै आएका मोहम्मद कादिर, टिवंकल कुमारी, बिनीता धरेवा, शान्ति श्रेष्ठ सहित अन्य कार्यकर्ता लाइ आशियान इंटरनेशनल जॉरनालिस्ट कॉउंसिलका मेराज सिद्धकी, नागरिक समाजका सूर्यनाथ सिंह, मंचका सचिव निर्मला देव , दीपक रॉयले संयुक्त रूपमा शॉल माला लगाएर सम्मानित गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

ब्राउन सुगरजस्तो पदा ...

सिरहा । सिरहाको गोलबजार नगरपालिका–६ स्थित धमनिमाई मन्दिर नजिकबाट प्रहरीले ब्राउन सुगरजस्तो देख ...

भदौमा सिरहा प्रहरीमा ...

सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहाले २०८३ साल भदौ महिनामा जिल्लामा विभिन्न प्रकृतिका १२५ वटा अपराध ...

प्रहरी हत्याका फरार ...

सिरहा । ड्युटीमा खटिएका प्रहरी वरिष्ठ नायब निरीक्षक (स.प्र.नि.) लक्ष्मण प्रसाद यादवलाई गाडीले ठक्कर ...