प्रदेशकै ठुलो योगशाला राजपुरमा सन्यासी सहित प्रभारी द्धारा अनुगमन

  • फागुन १०, २०७६
  • १५४० पटक पढिएको
  • राम पुकार यादव
alt

राम पुकार यादव÷१० फाल्गुन,बिष्णुपुर सिरहा ।सिरहाको बिष्णुपुर गाउँपालिका वडा २ राजपुर स्थित नवर्निमित योगशाला भवनको अनुगमन भएको छ ।
पतंजली योग समिति नेपालको ईन्चार्ज तथा अनुगमन टोलिका प्रमुख सन्यासी देव बिज्याको नेतृत्वमा प्रदेश २ को सिरहा स्थित सम्पुर्ण योगशाला भवनहरुको अनुगमन पतंजली योग समिति नेपालको केन्द्रिय प्रभारी लवदेव मिश्रा,भारत हरिद्धारको मुख्य प्रभारी सन्यासी देव अद्धितिले गरेका हुन ।yogggg
राजपुर योगशाला भवनको अनुगमन गर्दै केन्द्रिय प्रभारी मिश्राले सिरहाको बिष्णुपुर गाउँपालिका राजपुरमा रहेको योगशाला भवन प्रदेश २ कै ठुलो योगशाला रहेको बताउनुभयो ।
उहाँले राजपुरमा पनि योगशाला बन्दै छ,योग हुदै छ भने यहाँको प्रभारीहरुले बताउँदा सुनिन्थ्यो तर प्रत्यक्ष रुपले अनुगमनको क्रममा कल्पना नगरेका योगशाला भवन देख्दा हर्शित भएको बताउनुभयो ।
प्रभारी मिश्राले तपाईहरुले अवगत गराउने मौका पाउनुको साथै यो देखेर हाम्रो लागि सौभाग्य रहेको बताउनु भयो ।
प्रभारीले,नेपालको गाउँगाउँमा के भएको छ आफ्ना गुरुलाई बताउन सहज भएको अनुभुति गर्दै सयौं जना बस्ने,योग गर्ने प्राकृतिक मनोरम अबस्था भएको यस्ता योगशाला निर्माणका लागि योगदान गर्ने समाजसेबिहरुको नाम वाचन गर्दै फुल माला लगाएर सम्मान पनि गरेका थिए ।योगशाला निर्माणका लागि ठुलो धनराशिले सहयोग गर्नुहुने बिष्णुपुर गापाको तर्फ बाट अध्यक्ष जागेश्वर यादव,अवकाश प्राप्त शिक्षक राम कुमार यादव,भु.पु.गाबिस अध्यक्ष कुशेश्वर यादव लगायत अन्य दाताहरुको नाम वाचन गरेका थिए । 
कार्यक्रममा राजपुर, कौवाहा, राजोखर लगायत बिष्णुपुर गाउँपालिकाका बिभिन्न गाउँ समाजका योग साधक र साधिकाहरुको साथै योग शिक्षक,योग समिति,समाजसेविहरुको उपस्थिती रहेको थियो ।yogg

यहाँका योग साधक साधिका योग संकल्पित रहदै संगित सहितको नृत्य क्षेत्रमा भारतको हरिद्धारमा भएको एक प्रतियोगितामा प्रथम हुन सफलता हासिल गदै प्रदेश २ को नाम पहिचान गराएका थिए ।

 

प्रतिक्रिया दिनुहोस

ब्राउन सुगरजस्तो पदा ...

सिरहा । सिरहाको गोलबजार नगरपालिका–६ स्थित धमनिमाई मन्दिर नजिकबाट प्रहरीले ब्राउन सुगरजस्तो देख ...

भदौमा सिरहा प्रहरीमा ...

सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहाले २०८३ साल भदौ महिनामा जिल्लामा विभिन्न प्रकृतिका १२५ वटा अपराध ...

प्रहरी हत्याका फरार ...

सिरहा । ड्युटीमा खटिएका प्रहरी वरिष्ठ नायब निरीक्षक (स.प्र.नि.) लक्ष्मण प्रसाद यादवलाई गाडीले ठक्कर ...