प्रदेश २ की राज्यमन्त्री झाले लिइन् राजीनामा फिर्ता

  • फागुन १२, २०७६
  • २३७ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

फागुन १२,  जनकपुरधाम : प्रदेश २ की भौतिक पूर्वाधार विकास राज्यमन्त्री डा. डिम्पल झाले दिएको राजीनामा फिर्ता लिएकी छन्। उनले राजीनामा दिएको झण्डै एक महिनापछि सोमबार मन्त्रालयमा हाजिर भइन्।

राजपाको तर्फबाट राज्यमन्त्री बनेकी झाले प्रदेश २ सरकारले गरिरहेको पापको भागिदार नबन्ने भन्दै संसदीय दलका नेता तथा भौतिक पूर्वाधार विकासमन्त्री जीतेन्द्र सोनललाई माघ १४ मा राजीनामा पत्र बुझाएकी थिइन्। उनले मुख्यमन्त्री बाहिर गएकाले पार्टीका संसदीय दलका नेतालाई राजीनामा बुझाएको प्रतिक्रिया दिएकी थिइन्। तर उनको राजीनामा मुख्यमन्त्री लालबाबु राउत समक्ष भने पुग्न सकेनन्।

उनले पार्टीको आदेशलाई स्वीकार गरी राजीनामा फिर्ता लिएको प्रतिक्रिया दिइन्।उनले भनिन्, ‘पार्टीको आदेश नमान्ने हो भने अर्को पार्टीमा जानुपर्छ। तर हामीले मधेसको एजेण्डा बोकेर राजनीति गरिरहेकाले त्यो पनि सम्भव छैन। बाध्य भएर फिर्ता भएकी छु।’ पुनः पापको भागिर बन्न राजीनामा फिर्ता लिनुभयो है भन्ने जिज्ञासामा उनले भनिन्, ‘के गरु त? पार्टीले फिर्ता लिन भनेपछि फर्किनु पर्‍यो।’ सरकारले अब गर्ने कार्यक्रममा सहभागी गराउने र विश्वासमा लिएर अगाडि बढ्ने पार्टीले विश्वास दिलाएको उनले बताइन्। 

राजपा अध्यक्ष मण्डलका सदस्य अनिल झाकी श्रीमती समेत हुन्। उनले सरकारमाथि आफूले लगाएको आरोपको विषयमा मुख्यमन्त्रीसँग कुनै छलफल नभई राजीनामा फिर्ता लिएको बताइन्। उनले भनिन्,' मन्त्री बन्नका लागि राज्यमन्त्रीबाट राजीनामा दिएकी थिएँ। तर मन्त्री हेरफेर नहुने देखिएपछि पुन: राजिनामा फिर्ता लिएकी छु।' तर अन्य जिज्ञासामा भने उनले केही प्रतिक्रिया दिइनन्। थाहा खबरबाट 


प्रतिक्रिया दिनुहोस

ब्राउन सुगरजस्तो पदा ...

सिरहा । सिरहाको गोलबजार नगरपालिका–६ स्थित धमनिमाई मन्दिर नजिकबाट प्रहरीले ब्राउन सुगरजस्तो देख ...

भदौमा सिरहा प्रहरीमा ...

सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहाले २०८३ साल भदौ महिनामा जिल्लामा विभिन्न प्रकृतिका १२५ वटा अपराध ...

प्रहरी हत्याका फरार ...

सिरहा । ड्युटीमा खटिएका प्रहरी वरिष्ठ नायब निरीक्षक (स.प्र.नि.) लक्ष्मण प्रसाद यादवलाई गाडीले ठक्कर ...