— महिलाको विश्वव्यापी हडताल लहानमा पनि, — लहानमा दादुरा—रुबेला फागुन २० देखि

  • फागुन १४, २०७६
  • ३९५ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 लहानमा दादुरा—रुबेला फागुन २० देखि १४ फागुन । महिलाको विश्वव्यापी हडताललाई सहयोग गर्न आग्रह गरेको छ । अन्तराष्ट्रिय श्रमिक महिला दिवस, २०२० को उपलक्ष्मा विश्वभरी नै मनाउन लागिएको महिलाको विश्वव्यापी हडताल सिरहामा पनि मनाउन लागिएको अधिकारकर्मी देवकुमारी महराले सहयोगका लागि पत्रकारहरूसंग आग्रह गरेकी हुन् । मंगलवार ओरेक नेपालको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा अधिकारकर्मी महराले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस (८ मार्च) को अवसरमा विश्वभर नै महिलाहरूले हडताल मनाउन लागेको जानकारी दिइन् । अर्का अधिकारकर्मी रेनु कर्णलेले महिलाले एकछिन मात्रै आफूले गरिरहेको काम रोकेको खण्डमा संसार ठप्प हुने बताइन् । ‘त्यसैले महिलाको कामको महत्व दर्शाउन र उनीहरूको कामको सम्मान होस् भन्ने उद्देश्यले ८ मार्चका दिन सबै महिलाहरूलाई एकछिन् आफूले गरिरहेको काम छोड्न आग्रह गरिएको हो’ कर्णले ‘एकैछिन भए पनि आफूले गरिरहेको काम रोक्नुस्, संसार रोकिन्छ । ताकि महिलाको कामको महत्व संसारले बुझोस् ।’ पछिल्लो समय श्रमिक महिला दिवस पैंसा हुने एनजीओरआइएनजीओहरूको नारी क्लवको रुपमा मात्रै मनाइने गरेको भन्दै यसको औचित्य जोगाइराख्नका लागि विश्वभरका महिलावादीहरूले संसारभर महिलाको विश्वव्यापी हडताल मनाउन लागेका हुन् । महिलाको कामको मुल्यांकन होस् भन्दै मनाइने ८ मार्च केवल औपचारिकतामा मात्रै सिमित भइरहेको छ । संरचनागत परिवर्तनका लागि काम गर्दै आइरहेका महिलावादीहरू यो विषयमा चिन्तित हुँदै ‘महिला रोकिए, संसार रोकिन्छ’ भन्ने मूल नाराका साथ हडताल मनाउन लागेको अधिकारकर्मी कर्णले बताइन् । हडताललाई संसार भरी धेरै वटा ठाउँमा धेरै वटा संस्थाहरूले संयोजन गरेका छन् । एशिया प्रशान्तमा कानून र विकासका लागि एसिया प्रशान्त फोरम (ए. पी. डब्लु. एल. डी.) ले संयोजन गरिरहेको छ भने नेपालमा यो हड्तालको संयोजन महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्जाल एवम् राष्ट्रिय आदिवासी–जनजाति महिला महासंघले गरिरहको छ । सिरहाको लहानमा ८ मार्च ( फागुन २५ गते) का दिन विहानदेखि सहिद चौकमा कोणसभा गर्दै महिलाहरु पुरुषले बनाएको चिया खाने कार्यक्रम राखेको छ । यसको लागि नेपाल पत्रकार महासँघ सिरहा शाखाले चिया व्यवस्थापन गर्ने भएको छ । पुरुषहरुले चिया बनाएर सहिद चौकमा आउँने जाने सबै महिलाहरुलाई खुवाउँने कार्यक्रम तय गरेको छ । लहानमा दादुरा—रुबेला फागुन २० देखि लहान, १४ फागुन । राष्ट्रिय खोप कार्यक्रम तथा दादुरा–रुबेला खोप अभियान सञ्चालन गर्ने भएको छ । ‘पूर्ण खोप सुरक्षित भविष्य’ भन्ने नारासहित लहान नगरपालिकाले समेत अभियानलाई भव्य रुपमा सम्पन्न गर्ने लक्ष्य लिएको छ । लहान नगरपालिकामा फागुन १३ गते आयोजित अभिमुखीकरण कार्यक्रममा नगरपालिका प्रमुख मुनी साहले फागुन २० गते देखी २८ गतेसम्म दादुरा–रुबेला खोप अभियान सञ्चालन गर्ने जानकारी दिनुभयो । सञ्चालित अभियानमा नौ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई दादुरा–रुबेला खोप प्रदान गरिने लहान नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसुन्दर यादवले जानकारी दिनु भयो । अभियान सफल बनाउन वडा स्तरमा सचेतनामूलक कार्यक्रम सुरु गरिने स्वास्थ्य शाखा प्रमुख यादवले जानकारी दिनुभयो । खोप अभावमा बालबालिकामा अन्धोपना हुने, पखाला लाग्ने, कान पाक्ने निमोनिया हुने जस्ता समस्या देखिने भएकाले समय समयमा खोप प्रदान गर्न आवश्यक रहेको छ । गर्भावस्थामा दादुरा भए ८७ प्रतिशत बालबालिका विकलाङ्ग हुने खतरा रहेको बताउँदै बालबालिकालाई दादुरा र रुबेला खोप अनिवार्य लगाउन आग्रह गरे । राष्ट्रिय खोप कार्यक्रम तथा दादुरा–रुबेला खोप अभियानबारे वडा स्तरमा टोल स्तरमा जानकारी गराइने उहाले बताउनुभयो । अभिमुखीकरण कार्यत्रममा सबै वडा अध्यक्षहरुले खोपको महत्वको विषयमा जनतालाई जागरुक बनाउन आवश्यक रहेको बताएका थिए ।

 

प्रतिक्रिया दिनुहोस

सिरहामा एसईई र एसएलस ...

एसईई र एसएलसीई परीक्षामा जफत गरिएका ४९६ थान मोबाइल नष्ट सिरहा, जेष्ठ २१— यस वर्षको एसईई तथा एस ...

सिरहामा क्याम्पस भवन ...

 सिरहा, जेठ ८— सू.स.मो.या. बहुमुखी क्याम्पस, सिरहामा क्याम्पस भवन मर्मत तथा निर्माण सम्बन ...

सार्वजनिक स्रोत–साधन ...

काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले सार्वजिनक निकायको जवाफदेहिता, पारदर्शिता र निष्ठा प्रवर्द्धन ...