इन्स्पेक्टर कुशवाहाको सक्रियतामा अवैद्य सुनसहित छर्रापट्टीबाट दूई पक्राउ

  • फागुन १४, २०७६
  • ३२३ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

इन्स्पेक्टर कुशवाहाको सक्रियतामा अवैद्य सुनसहित छर्रापट्टीबाट दूई पक्राउ लहान, १४ फागुन । सिराहाको लाहान नगरपालिका १९ छर्रापट्टीबाट अवैद्य सुनसहित दूई जना पक्राउ परेका छन् । उनीहरुबाट १९ तोला ९७ लाल अवैध सुन प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय लहानबाट खटिएको टोलीले मंगलवार विहान ८ बजेतीर लहान नगरपालिका १९ छर्रापट्टी बस्ने २४ वर्षीय मोहमद मोतिउल रहमान र सोही स्थानका २१ वर्षीय मोहमद मुर्तुजालाई पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय लहानका इन्स्पेक्टर सुमित कुशवाहाको सक्रियतामा पक्राउ परेका उनीहरुबाट प्रहरीले १५ लाख ५७ हजार ७९ रुपैयाँ बराबरको सुन चार वटा चेप्टो टुक्रा गोलो बनाई लुकाएको अवस्थामा फेला पारेको छ । प्रहरीले को ३८ प २६३२ नम्वरको मोटरसाइकललाई पनि नियन्त्रणमा लिएको छ । प्रहरीले उनीहरुलाई पक्राउ गरी जिल्ला भन्सार कार्यालय ठाडी, सिरहामा बुझाएको छ ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...