भ्रष्टाचारमा लिप्त सिरहाका सेवा प्रदायक निकायहरु –प्रदेश सांसद यादव

  • फागुन १६, २०७६
  • १०५६ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

फाल्गुन,बिष्णुपुर सिरहा । एमालेका पार्टि जिल्ला सचिव तथा प्रदेश न.२ को प्रदेश सांसद प्रमोद कुमार यादवले जिल्ला सिरहाका कर्यालयहरु भ्रष्टाचारमा लिप्त रहेको बताएको छ ।

नेपाल कम्यूनिष्ट पार्टि(नेकपा) नगर कमिटि सिरहाले प्रधान मन्त्री के.पि.शर्मा ओलिलाई पठाउन तयार गरिएको ११ बुँदे मागहरु सहितको ज्ञापन पत्र पत्रकार सम्मेलनको आयोजना गरि सार्वजनिक गर्दै प्रदेश सांसद यादवले जिल्ला सिरहामा जनता सगँ प्रत्यक्ष सरोकार राख्ने सेवा प्रदायक निकायहरु भ्रष्टाचारमा लिप्त रहेको जनाएका छन ।

सांसद यादवले जनता सँग प्रत्यक्ष सरोकार राख्ने सेवा प्रदायक निकायहरु तथा कर्यालयहरु जिल्ला प्रशासन,जिल्ला प्रहरी,मालपोत,शिक्षा,स्वास्थय कर,भन्सार,नापि,न्यालय र नगरपालिका गाउँपालिकाहरु लगायतका कर्यालयहरुमा खुल्लेयाम घुस माँगने,सेवाग्राही हप्काउने गालि गर्ने बिषयहरु चिन्ताजनक तथा निन्दनिय रहेकोले यस्ता गतिबिधि अबिलम्ब यथाशिघ्र नरोके चरणबद्ध संघर्षमा उत्रिन बाध्य हुने सार्वजनिक गरेको ज्ञापन पत्रमा खुलाईएको छ ।

उनले कर्यालय भित्रका कर्मचारीहरुको रबैया र काम गर्ने शैलि एकदमै हस्यास्पद र लाजमर्दो रहेको समेत ज्ञापन पत्रमा उल्लेख गरेका छन ।

प्रदेश सांसद यादवले जनताले असली लोकतन्त्रको अनुभुति गरे नगरेको प्रदेश टाइम्स दैनिक संगको सवाल जवाफमा बिधिवत रुपमा त्रुटिरहित लोकतन्त्रको अनुभुति गराउनकै निम्ति भ्रष्टाचार बिरुद्धका आयामहरु थलेको र समाज र जनताको लागि शुशासन अनुकुल कसरतमा जुटेको जनाएको छ ।

नेपाल कम्यूनिष्ट पार्टि नगर कमिटि सिरहाले नेपाल कम्यूनिष्ट पाटिे(नेकपा)केन्द्रिय कर्यालय काठमाण्डौ,गृह मन्त्रालय,सिंह दरबार अर्थ मन्त्रालय,जिल्ला प्रशासन कार्यालय सिरहा,जिल्ला प्रहरी कार्यालय सिरहा र स्थानिय तह अन्तरगत सिरहा नगरपालिकालाई बोदार्थ गराएको हो ।

प्रतिक्रिया दिनुहोस

ब्राउन सुगरजस्तो पदा ...

सिरहा । सिरहाको गोलबजार नगरपालिका–६ स्थित धमनिमाई मन्दिर नजिकबाट प्रहरीले ब्राउन सुगरजस्तो देख ...

भदौमा सिरहा प्रहरीमा ...

सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहाले २०८३ साल भदौ महिनामा जिल्लामा विभिन्न प्रकृतिका १२५ वटा अपराध ...

प्रहरी हत्याका फरार ...

सिरहा । ड्युटीमा खटिएका प्रहरी वरिष्ठ नायब निरीक्षक (स.प्र.नि.) लक्ष्मण प्रसाद यादवलाई गाडीले ठक्कर ...