लगनशिल युवाको समूहले लहान १७ मा ह्याचरी संचालन गर्दै

  • फागुन १७, २०७६
  • ३३५ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

लहान फागुन  १७ । लहान १७ मा चार युवाको समूहमा एएस पेलेट फिड्स (हयाचरी) अढाई करोडको लागतमा संचालनमा ल्याएका छन् ।
युवाहरुको यस समूहले फागुन १६ गते उद्घाटन गरी संचालनमा ल्याएको ह्याचरीमा बिभिन्न किसिमका कुखुरा र हाँसको चल्ला उत्पादनका साथै आधुनिक तरिकाले पोषणयुक्त दाना उत्पादन गर्ने प्रविधिक सुजनकुमार ठाकुरले बताए ।
ठाकुरका अनुसार कुखुराको बिभिन्न प्रजातिका साथै टर्की, लोउक्ट, तितिर, हाँस ,लोकल कुखुरा,कडक नाथ, फाइटर, बटाइ माग अनुसारको उपलब्ध गराउँने व्यवस्था रहेकोे छ ।
लहान नगरपालिका वडा नम्वर १७ हरिपुरका युवाहरु अढाई करोडको लागतमा संचालन गरिएको सो उद्योगमा राजलाल ठाकुर, अर्जुनकुमार यादव, सुरज चौकरी र शंकरप्रसाद साहको संयुक्त लगानी रहेको छ । प्रदेश २ कै नमुनाको रुपमा रहेको यस उद्योगले प्रति घण्टा १५ क्वांटल दाना उत्पादन गरिदैछ ।
लहान १७ का युवाहरु यसरी उद्योग खोलेर अघि बढिरहेको छ । यसले समाजको शिर उच्चो पारेको खुसी हुँदै वडाध्यक्ष प्रथमलाल चौधरीले शुभकामना दिएका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ सिरहाका अध्यक्ष दिनेश्वरप्रसाद गुप्ताले युवाहरु विदेश पलायन भइरहेको अवस्थामा यस्तो नमुना काम गरेर गाउँमै रोजगारीको बाटो खोलेको छ । यसको लागि सरकारले लगनशिल युवाहरुले संचालन गरेको उद्योगलाई सरकारले अनुदान दिनुपर्ने बताए । बजारमा गुणस्तरहीन नक्कली दाना व्यापक छ । यसले किसानहरु समस्यामा पर्दै आएकोले आफ्नै गाउँठाउँमा सजिलो र सुल्भ पशु अहारको लागि यो उद्योग संचालनमा ल्याएको संचालक शंकर साहले बताए । उद्घाटन कार्यक्रममा सन्तोष यादवको टिमले सांस्कृतिक मंचन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...