न्याय न पाए नाँगै बस्छु, प्रहरी पिडित हेमा श्रेष्ठ

  • फागुन १७, २०७६
  • २८३ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

काठमाडौ १७ फागुन/ बिहीबार दिउँसो महानगरीय प्रहरी प्रभाग भैंसेपाटीका प्रमुख इन्सपेक्टर देवीप्रसाद पौडेलले नेपाली सेनाका अवकाश प्राप्त सहायक रथी (जर्नेल) को बचाउमा लागेर बच्चा बोकेकी हेमा श्रेष्ठमाथि लाठी बर्साएका छन् ।

उनलाई लाठी हान्नेको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल भएको छ । लाठि चार्ज पश्चात उनको शरीरमा निलडा’म समेत बसेको छ । पछिल्ला केही समय यता सामाजिक सञ्जालहरुमा भाइरल हेमा श्रेष्ठ भैँसेपाटीस्थित नेपाली सेनाका पूर्वजर्नेल हेम खत्रीको घरभित्र एक महिला प्रवेश गरेपछि इन्स्पेक्टर पौडेलले श्रेष्ठलाई लाठी हानेका हुन् ।

खत्री र माला शाहबीच भएको विवादका क्रममा पौडेलले श्रेष्ठलाई ला’ठी चार्ज गरेको इन्स्पेक्टर पौडेलले आफूले स्वीकारेका छन् । बच्चालाई पिठ्युँमा बोकेकी श्रेष्ठलाई प्रहरीले गाडीबाट धकेलेर पछाडिबाट लाठी हानेको छ ।

काखमा बच्चा बोकिरहेकी महिलालाई लाठीले पछाडिबाट जोडजोडले हिर्काउँदै कुनै एक घरको प्रवेशद्वारतर्फ खेदाइरहे । यस घटनापछि पिडित हेमा श्रेष्ठ न्याय पाउँ भनी हार गुहार गर्दै मिडियामा आएकी छिन् । उनले पुरुष प्रहरीले ८ लाठी बर्साएको भन्दै शरीरको निलडा’म समेत देखाएकी छिन् ।

आफुमाथि भएको दु’र्व्यवहारप्रति आपत्ति जनाउदै हिमाले आफुमाथि त्यस्तो अ’भद्र व्यवहार गर्ने प्रहरीमाथि कडा भन्दा कडा कारवाहीको माग समेत गरेकी छिन् । प्रहरीलाई कार’बाही नगरे राष्ट्रपतिको गेटमा नां’गै बस्छु भन्दै आ’क्रोशित बह्येकी छिन् ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...