चितवनलाई हराउदै १८औं इण्डो नेपाल क्रिकेट टूर्नामेंट २०२० को उपाधि गोण्डा लाइ

  • फागुन १८, २०७६
  • ३२९ पटक पढिएको
  • अजय मिश्र
alt

कपिलबस्तु, कृष्णनगर / फाल्गुन १७ कपिलबस्तुको कृष्णनगरमा रहेको जय नेपाल स्पोर्ट्स क्लब कृष्णनगर द्वारा आयोजित १८ औ इन्डो नेपाल क्रिकेट टटूर्नामेंट २०२० को फाइनल मैचमा चितवनलाई हराएर गोण्डा बिजेता भएको छ।

आजको फाइनल प्रतियोगता राम गोरखा मा.बि. बहादुरगंजको खेल मैदानमा चितवन र मित्र राष्ट भारत को गोण्डा बीच पर्तिस्पर्धा रहेको थियो। जसमा चितवनले टास जितेर बैटिंग गर्ने निर्णय लिएको थियो। चितवानले आफ्नो निर्धारित १६ ओवर २ बालमा ९८ रन बनाएर आल आउट भएको थियो र गोण्डालाई ९९ रनको लक्ष्य दिएको थियो।

जवाबमा गोण्डाले १६ ओवरमा ३ विकेट गुमाएर नै फाइनल मैच हात पारेको थियो। जस्मा नौनित चर्तुवेदीले २५ बाल खेलेर ३१ रन बनाएर आफ्नो टीम गोण्डालाई बिजय हासिल गराए। बिजेता र उपविजेता टीमलाई कृष्णनगरको उद्योग वाणिज्य संघको सभा हालमा पुरस्कार वितरण तथा समापन कार्यक्रमको आयोजना गरी पुरस्कार वितरण गरिएको थियो। उक्त पुरस्कार वितरण तथा समापन कार्यक्रमका प्रमुख अतिथि कपिलबस्तु क्षेत्र न.३ का प्रतिनिधि सभा सदस्य अभिषेक प्रताप शाह, विशिष्ट अतिथि कृष्णनगर नगरपालिकाका मेयर रजत प्रताप शाह र कार्यक्रमका अध्यक्ष सुहेल खान रहेका थिए।

बिजेतालाई रु १ लाख, कप र सबै खेलाड़ीहरुलाई मेडल प्रदान गरिएको थियो भने उपविजेतालाई रु ५० हजार ,कप र सबै खेलाड़ीलाई मेडल प्रतिनिधि सभा सदस्य अभिषेक प्रताप शाह र कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाह द्वारा प्रदान गरिएको थियो। मैचको मैन ऑफ दा सिरीज गोण्डा टिमको कप्तान चित्रांश रहे। कार्यक्रममा जनप्रतिनिधि ,खेलप्रेमी,संचारकर्मी, बुद्धजीवी, प्रहरी लगयतको उपस्थित रहेको थियो।

प्रतिक्रिया दिनुहोस

सिरहामा प्रहरीको गोल ...

 सिरहा, १९ असार – सिरहाको नवराजपुर गाउँपालिका–५ मा शुक्रबार प्रहरी र लागुऔषध कारोबा ...

सिरहामा SaMi कार्यक ...

 सिरहा | नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालन भइरहेको सुरक् ...

विष्णुपुर गाउँपालिका ...

सिरहा, असार १० गते। विष्णुपुर गाउँपालिकाको आयोजनामा आर्थिक वर्ष २०८३/०८४ को बजेट, नीति तथा कार्यक्रम ...