होलीको अवसरमा प्रदेश २ मा दुई दिन सार्वजनिक बिदा

  • फागुन १९, २०७६
  • २८१ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

जनकपुरधाम– होलीको अवसरमा प्रदेश २ मा दुई दिन सार्वजनिक बिदा दिइने भएको छ । यसअघि नेपाल सरकारले होलीको अवसरमा एक दिनमात्र सार्वजनिक बिदा दिने गरेकोमा प्रदेश सरकारले दुई दिन बिदा दिने निर्णय गरेको हो ।प्रदेश सरकारले होलीको अवसर पारेर फागुन २७ र २८ गते सार्वजनिक बिदा दिने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले जानकारी दिए ।१५ दिने मिथिला मध्यमा परिक्रमा जनकपुरको अन्तरगृह परिक्रमा गरिसकेपछि यस क्षेत्रमा होली मनाइन्छ ।

फागुन २५ गते यहाँ पुग्ने मिथिला मध्यमा परिक्रमा २६ गते जनकपुरको अन्तरगृह परिक्रमा गरिसकेपछि २७ गते होली मनाइने भएको छ ।संघीय सरकारले पहाडका जिल्लाहरुमा फागुन २६ गते होलीको विदा दिएको छ ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...