सिरहाको नरहामा समाज सुधार अभियान

  • फागुन ३०, २०७६
  • ८१६ पटक पढिएको
  • सतेन्द्र यादव
alt

विष्णुपुर सिरहा फाल्गुन ३० समाजमा रहेको विकृति विसंगतीहरुलाई हटाउनको निम्ति सिरहाको नरहा गाँउपालिकाकामा समाज सुधार अभियान शुरु भएको छ ।
“समस्या स्वरुपको होइन, समाधान स्वरुपको वनौं राम्रो कामको शुरुवात आफै वाट शुरु गरौं” भन्ने नाराको साथ सिरहाको नरहा गाँउपालिका अन्तर्गत रहेको श्री जनता बनबाली नमूना माध्यमिक विद्यालय (प्राविधिक) बर्छावा नरहामा समाज सुधार अभियान शुरु गरेको हो ।
समाज सुधार अभियान समिति सिरहाको आयोजनामा भएको उतm कार्यक्रममा कोरोना भाइरस बिरुद्धको जनचेतना मुलक बिचार राख्दै अनुराधा पोलिक्लििनिक चोहर्वा सिरहाको चिकित्सक संजय क्मार यादवले कोरोना भाइरस बाट कसैले भयभित हुनु हुदैन भन्दै बरु यस बाट बच्न आवश्यक उपायहरु अपनाउन आग्रह गरे ।उहाँले रोग लाग्नु भन्दा उपचार गर्नु बेश रहेको कुरालाइ प्रष्टयाए ।
कार्यक्रममा राजपा सम्बद्ध युवा नेता हजारी साहले रोग बाट मुक्त हुन दैनिक योग अभ्यास तथा शारिरिक व्यामको पनि उतिकै आवश्यक्ता रहेको बताए । नेता साहले समाजमा रहेको यथास्थितबादका समस्याहरु निरुपनको लागि यस्तो अभियान उचित रहेको जनाए ।
कार्यक्रममा मन्तवय राख्दै समाजवादि पार्टिकी महिला नेत्री त्रिपुरा झाले हाम्रो समाजमा अनेक किसिमको बिभेदहरु रहेको छन भन्दै भनिन समाजमा रहेको लैंगिक बिभेद ,बेटा बेटि बीचको बिभेद,महिला पूरुष बीचको समस्याहरु अन्तय गर्न यस किसिमको अभियानले मदत गर्ने बताइन ।
कार्यक्रममा श्री ज.न.ब.मा.(प्रा.) विद्यालय बर्छावाका प्र.अ. राम ईश्वर यादव, मानव अधिकारवादी दिप यादव, शिक्षक धनेश्वर यादव, सतेन्द्र यादव, राजु यादव डा. रुपेश कुमार यादव लगायत अन्य समाजसेवी वुद्धिजिवी तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमको संचालन ऊँ शान्ती बिष्णुपुर उप शाखाको व्रह्मा कुमार राज नरायण यादवले गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...