१७ लाख घुससहित भैरहवा नापीका ६ कर्मचारी पक्राउ

  • फागुन ३०, २०७६
  • १७२ पटक पढिएको
  • Jitendra Tharu
alt

बुटवल । जिल्ला नापी कार्यालय भैरहवाका नापी अधिकृत सरोज श्रेष्ठसहित ५ कर्मचारी १७ लाख घुससहित पक्राउ परेका छन् । अख्तियारले घुस लिँदा लिदैं अधिकृत श्रेष्ठसहित सर्भेक्षक तिर्थराम भण्डारी, सर्भेक्षक थानेश्वर चौधरी, मालपोत कार्यालयका नासु धर्मराज पन्थी, लेखापढी व्यवसायी जीवन शर्मा, मतियार राज कुमार अर्याललाई पक्राउ गरेको हो । उनीहरुले सेवाग्राहीबाट जग्गाको कित्ताकाटमा सहजीकरण गरिदिने भनि घुस लिने क्रममा बुटवलको सिद्धार्थ नगरपालिका-१३ अशोका होटल नजिकबाट अख्तियारको टोलीले पक्राउ गरेको हो । उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

ब्राउन सुगरजस्तो पदा ...

सिरहा । सिरहाको गोलबजार नगरपालिका–६ स्थित धमनिमाई मन्दिर नजिकबाट प्रहरीले ब्राउन सुगरजस्तो देख ...

भदौमा सिरहा प्रहरीमा ...

सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहाले २०८३ साल भदौ महिनामा जिल्लामा विभिन्न प्रकृतिका १२५ वटा अपराध ...

प्रहरी हत्याका फरार ...

सिरहा । ड्युटीमा खटिएका प्रहरी वरिष्ठ नायब निरीक्षक (स.प्र.नि.) लक्ष्मण प्रसाद यादवलाई गाडीले ठक्कर ...