५ दिने उद्धघोषण तथा पत्रकारीता तालिम सुरु

  • चैत १, २०७६
  • २६३ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

कपिलवस्तु चैत १। कपिलवस्तुको चन्द्रौटामा पाँच दिने उद्धघोषण तथा पत्रकारीता तालिम सुरु भएको छ । शिवराज नगरपालिकाको सहयोग तथा राज' मिडिया प्रालिको आयोजनामा उक्त तालिम सुरु भएको हो । तालिमको उद्धघाटन शिवराज नगरपालिकाका प्रमुख नेत्रराज अधिकारीले गर्नुभएको छ ।

उद्धघाटन कार्यक्रममा बोल्दै नगरप्रमुख अधिकारीले नगरका गतिविधिहरुलाई निगरानी गर्ने काम पत्रकारको रहेको बताउनुभयो । गलत कामलाई खबरदारी गरि सहि कामलाई प्रचार गर्ने जिम्मा पनि संचारकर्मीहरुको रहेकोले पत्रकारहरु गम्भीर बन्नुपर्ने बताउनुभयो ।

नगरले पत्रकारहरुको क्षमता अभिवृद्धिको लागि विभिन्न कार्यक्रमहरु राखेको हुदाँ ति कार्यक्रममा सहभागी हुन पनि आग्रह गर्नुभयो । “देशको चौथो अंग भनेर पत्रकारलाई चिनिन्छ” उहाँले भन्नुभयो “सत्य तथ्य बुझेर समाचार सम्प्रेशण गर्नुहोस, । ”

कार्यक्रममा पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिलाराम भुसालले पत्रकारीतामा केहि चुनौतिहरु रहेपनि जनताले पत्रकारहरुलाई विश्वास गर्ने बताउनुभयो । अहिले तिन वटै सरकारलाई झकझकाउने काम पत्रकारहरुले गरेको भन्दै सत्य तथ्यको आधारमा पत्रकारीता गर्न सुझाव दिनुभयो । स्थानिय स्तरमा विषयगत पत्रकारीता गर्न आवश्यक रहेको भन्दै पत्रकारहरुले व्यावसायिक बन्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोख्रेल,चन्द्रौटा उद्योग वाणिज्य संघका अध्यक्ष जमसेर मिया,वरिष्ठ उपाध्यक्ष ईश्वरी पाण्डे,राष्ट्रिय मानव अधिकारी प्रतिष्ठान कपिलवस्तुका सभापती विष्णु खतिवडाले पत्रकारीतालाई थप गुणस्तरीय बनाउनुपर्नेमा जोड दिएका थिए । ५ दिन सम्म चल्ने उक्त तालिममा समाचार लेखन तथा वाचन शैलि,उद्धघोषक,रेडियो कार्यक्रम संचालन,शव्द चयन लगाएतका विषयमा प्रशिक्षण दिईने राज' मिडिया प्रालिका अध्यक्ष अर्जुन बेल्वासेले बताउनुभयो । तालिमको उद्धघाटन राज' मिडिया प्रालिका अध्यक्ष अर्जुन बेल्वासेको अध्यक्ष , नगर प्रमुख नेत्रराज अधिकारीको प्रमुख आतिथ्यतामा रहेको कार्यक्रममा शरद अधिकारीको स्वागत र माधव बेल्वासेको संचालनमा सम्पन्न भएको हो । तालिममा ५५ जनाको सहभागिता छ

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...