रोशनी’मा नायिका कसिस कसिए

  • पुस १७, २०२६
  • २७३ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

लहान, १३ चैत्र । नेपाली चलचित्रमा यत्तिबेला कसिस दाहाल रोशनीको जस्तो अग्रसर भइरहेकीछीन् । यसैले बुटवलमा सुटिँगको तयारीमा कसिस रोशनीको नामबाट रोशनी चलचित्रमा सक्रिय भएकी छीन् । प्रेम कथामा आधारित चलचित्र रोशनीको शुभमुहुर्त आज काठमाण्डौंको भद्रकालिमा भएको छ । चैत्र १४ गतेदेखि बुटवलको प्राकृतिक रंगिन शहर र गाउँ परिवेशमा सुटिँग चल्ने भएको छ । आधुनिक युगसँगै समाजिक विकृति विरुद्ध बुलन्दी आवाज उठाइएको ‘रोशनी’ चलचित्रमा अन्तरजाती प्रेमको कारण नायिका कसिसले भोग्नुपरेको पीडालाई चित्रण गरिएको छ । रोशनीको नामले कसिसलाई यस चलचित्रमा चित्रण गरिने भएको छ । दिक्षान्त मुभिज क्रेशनको व्यानरमा निर्माण हुन लागिएको ‘रोशनी’को निर्देशन खुम सुनार रहेका छन् । कलाकारहरुमा दीपक पाण्डे, रमेश आबजु, सुभाष परियार, उज्जवल गिरी, मेनुका गिरी, सन्जुलगायतका छन् । कसिस सफल नायिकाको रुपमा नेपाली चलचित्रमा अवतर भइरहेकी छीन् भने मधेशी मैथिली, भोजपुरीलगायतको चलचित्रमा अमिट छाप समेत छोडेका छन् । प्रदर्शनको तयारीमा रहेको ‘मिशन मधेश’ चलचित्रमा मुख्य नायिकाको रोल गरेकी कसिस मुजिक भिडियोमा समेत सक्रिय रहदै आएकी छीन् । हुन पनि हो सुन्दरताले भरिएकी मात्र नभई एक्शन, डायलग र एक्टिँगमा निखारिएकी कसिस दाहाल यतिबेला प्रेममा आधारित कथानक चलचित्र ‘रोशनी’ को सुटिँगमा सक्रिय भएकी छीन् ।

प्रतिक्रिया दिनुहोस

ब्राउन सुगरजस्तो पदा ...

सिरहा । सिरहाको गोलबजार नगरपालिका–६ स्थित धमनिमाई मन्दिर नजिकबाट प्रहरीले ब्राउन सुगरजस्तो देख ...

भदौमा सिरहा प्रहरीमा ...

सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहाले २०८३ साल भदौ महिनामा जिल्लामा विभिन्न प्रकृतिका १२५ वटा अपराध ...

प्रहरी हत्याका फरार ...

सिरहा । ड्युटीमा खटिएका प्रहरी वरिष्ठ नायब निरीक्षक (स.प्र.नि.) लक्ष्मण प्रसाद यादवलाई गाडीले ठक्कर ...