चैत्र ६ गते बिहिबार देखि शुरु हुने एसइइ २०७६ को परिक्षा स्थगित

  • चैत ५, २०७६
  • ६९५ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

चैत ५, २०७६ काठमाडौं : सरकारले अन्तिम समयमा आएर एसईई परीक्षा रोक्ने निर्णय गरेको छ। बिहीबारदेखि हुन लागेको एसईई परीक्षा अर्को निर्णय नहुन्जेलसम्मका लागि रोक्ने निर्णय गरिएको हो।  कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको दोस्रो बैठकले यस्तो निर्णय गरेको जानकारी समितिका संयोजक तथा उपप्रधान एवम् रक्षामन्त्री ईश्‍वर पोखरेलले थाहाखबरलाई जानकारी दिए।  'परिस्थितिको गम्भीरतालाई विश्लेषण गरेर एसईईसहितका परीक्षाका पूर्वनिर्धारित कार्यक्रम रोक्ने निर्णय भएको हो', उनले भने।  तर पहिलो बैठकको १२ औँ नम्बर निर्णयमा भने समितिले आवश्यक प्रबन्धसहित एसईई परीक्षण सञ्चालन गर्ने निर्णय गरेको थियो। पहिलो बैठकपछि सम्भावित जोखिमबारे आवश्यक परामर्श लिएर एसईई रोक्ने निर्णय भएको उपपप्रधानमन्त्री पोखरेलले जानकारी दिए। 'कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकबाट एसईई अनिश्‍चितकाललाई स्थगित गर्ने निर्णय भएको छ', उनले भने, 'अर्को निर्णय नभएसम्मका लागि कोरोनाको जोखिम कम गर्न यस्तो कदम चालिएको हो।'  यसअघि पोखरेल संयोजक रहेको उक्त समितिले मानिसहरूको भिड हुने सिनेमा हल, पौडी पोखरी, सांस्कृतिक केन्द्र र रंगशालाहरू पनि डेढ महिनाका लागि बन्द गर्न निर्देशन दिने निर्णय गरेको थियो। यस्तो थियो तयारी ६ देखि १७ चैतसम्मका लागि यसअघि निर्धारित एसईई परीक्षामा देशभरका कुल ४ लाख ८२ हजार २१९ परीक्षार्थी सहभागी हुँदैथिए। त्यसका लागि १ हजार ९ सय ९५ परीक्षा केन्द्र तोकिएको थियो। पर्याप्त सावधानी अपनाएर परीक्षा सञ्चालन र व्यवस्थापन गर्न लागिएको जानकारी शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले मंगलबार दिएका थिए। विद्यार्थीहरुलाई परीक्षा केन्द्रमा स्वास्थ्य सहायता प्रदान गर्न प्रत्येक परीक्षा केन्द्रहरुमा परीक्षा अवधिभर हेल्थ डेस्क राख्ने प्रबन्धका लागि ७ सय ५३ वटै स्थानीय तहहरुलाई आग्रह गरेका थिए। मन्त्रालयले विद्यार्थीरुलाई साबुनपानी प्रयोग गरेर हात धुन, मास्क प्रयोग गर्न, अरुसँग हात नमिलाउन र सकभर भीडभाडमा नजान आग्रह गरेको थियो। कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा आज सकिएको छ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...