५ दिने आधाभुरत पत्रकारिता तालीमको समापन

  • चैत ५, २०७६
  • २१६ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

शिवराज नगरपालीकाको सहयोग र स्युराज मिडिया प्रा.लीको आयोजना कपिलवस्तुको चन्द्रौटामा संचालीत ५ दिने पत्रकारीता तथा उदघोषण तालीमको समापन भएको छ । चैत्र १ गतेवाट सुरु भएको तालीमको वुधवार समापन गरिएको हो । ६० जनाको सहभागीता रहेको तालीमको एक कार्यक्रमका विच समापन गर्दै नगर प्रमुख नेत्रराज अधिकारीले तालीममा शिसेका कुराहरु व्यवहारमा उर्तान सुभकामना व्यतm गर्नुभएको छ । नगरप्रमुख अधिकारीले आजको युग संचारको युग भएकाले तालीममा पश्चात संचारको क्षेत्रमा जोडिएर समाजमा सचेता फैलाउन सुझाउनुभएको छ । उहाले तालीम लिएका पशिक्षार्थी सचेत नागरिक भएको विश्वास गर्दै हाल विश्वमा महामारीको रुपमा फैलिएको कोभिड १९ अर्थात नोवेल कोराना भाईरसवाट वच्ने उपायको वारेमा गांउगांउ जनचेतना फैलाउन आवाहन समेत गर्नुभएको छ । प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले तालीमवाट उत्पादन भएको जनशतmीलाई संचारमाध्यममा काम गर्न सुझाव व्यतm गर्नुभएको छ । पौडेलले गांउघरमा हुने सामाजीक कार्यक्रममा उदघोषकको भुमिका देखि ठुला ठुला कार्यक्रम संचालन तर्फ अग्रसर हुन उहांले आग्रह समेत गर्नुभएको छ । कार्यक्रममा नेपाली काग्रेसका नगर सभापति मधुसुदन पोख्रेल , नेकपाका सचिव जगत पौडेल लगाएतले सुभकामना व्यतm गर्नुभएको थियो । पशिक्षार्थीको तर्फवाट प्रकास पाठक र पुर्णा थापाले आफुले सिसेका कुराहरु अवगत गराउनुभएको थियो । कार्यक्रम स्युराज मिडिया प्रालीका अध्यक्ष अर्जुन वेल्लवासेको अध्यक्षता , सदस्य दिपक केसीको स्वागत र पत्रकार माधव वेल्वासेको संचालन सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस

ब्राउन सुगरजस्तो पदा ...

सिरहा । सिरहाको गोलबजार नगरपालिका–६ स्थित धमनिमाई मन्दिर नजिकबाट प्रहरीले ब्राउन सुगरजस्तो देख ...

भदौमा सिरहा प्रहरीमा ...

सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहाले २०८३ साल भदौ महिनामा जिल्लामा विभिन्न प्रकृतिका १२५ वटा अपराध ...

प्रहरी हत्याका फरार ...

सिरहा । ड्युटीमा खटिएका प्रहरी वरिष्ठ नायब निरीक्षक (स.प्र.नि.) लक्ष्मण प्रसाद यादवलाई गाडीले ठक्कर ...