कोरोना भाइरसविरुद्ध व्यक्तिले कसरी लड्ने ? डब्लुएचओले दियो पाँच सुझाव

  • चैत ८, २०७६
  • २९५ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

जेनेभा । कोरानो भाइरस(कोभिड -१९)ले अहिले विश्वलाई नै त्राहीमाम बनाएको छ । संसारका धेरै देशहरु लकडाउन भएका छन् । नागरिकहरु सेल्फ क्वारेन्टाइनमा बसेका छन् । दैनिक जीवन एकाएक रोकिँदा कतिपयलाई असहज महसुस हुनसक्छ । तर परिस्थिति विरुद्ध जाने अवस्था पनि छैन् ।

विश्व स्वास्थ्य संगठनले शुक्रबार राती गरेको नियमित पत्रकार सम्मेलनमा कोभिड विरुद्ध व्यक्तिले कसरी लड्ने भनेर टिप्स दिइएको छ । डव्लुएचओका प्रमुख डा अधानोम टेड्रोसले भनेका छन्, ‘यस सम्वेदनशील घडीमा तपाईँले आफूलाई आफ्नो शारीरिक र मानसिक रुपमा फिट राख्नु जरुरी छ । यसले तपाईँलाई लामो समयसम्मका लागि सहयोग मात्रै गर्दैन् कि कोरोना भाइरसविरुद्ध लड्न र त्यसलाई परास्त गर्न समेत सहयोग गर्दछ।’

उनले भनेका ती पाँच उपाय निम्न अनुसार छन् :

१. स्वस्थ र पौष्टिक आहार खानुहोस्। जसले तपाईँको रोग प्रतिरक्षा प्रणालीलाई ठिकसंग कार्यगर्न मद्धत गर्दछ ।

२.  मदिराज्य पदार्थको सेवनलाई सिमितमा राख्नुहोस् । गुलिया पेय पदार्थहरु नलिनुहोस् ।

३. धूमपान नगर्नुहोस् । यदि तपाईँ कोरोना भाइरस ( कोभिड१९)बाट संक्रमित हुनु भयो भने धूमपानले गम्भीर रोगको जोखिम बढाउन् सक्छ ।

४.  शारीरिक व्यायम गर्नुहोस् । विश्व स्वास्थ्य संगठनको मापदण्डले भने झैँ बयस्कहरुले दैनिक कम्तिमा ३० मिनेट र बच्चाहरुलाई दैनिक १ घण्टा शारीरिक व्यायम गर्न गराउनुहोस् ।

यदि तपाईँलाई यो बेला नियमक निकायले अनुमति दिएको छ भने बाहिर पैदल यात्रा गर्नुहोस, दौडनु होस, सवारीमा समेत जानुहोस तर अरुसंगको दुरी राख्नुहोस । यदि तपाईँ घरभित्रै लकडाउन अर्थात बाहिर निस्कन सक्ने अवस्था छैन् भने व्यायम गर्नुहोस्, नाच्नुहोस्। योगा गर्नुहोस् । घरकै भर्याङ सिडीबाट तलमाथि गर्नुहोस् । यसले पनि तपाईँको व्यायम हुन्छ ।

तपाईँ घरमै बस्नु भएको छ काम गरिराख्नु भएको छ भने लामो समय एउटै आसनमा नरहनुहोस् । तपाईँले कम्तिमा हरेक ३० मिनेटमा ब्रेक लिनुहोस् ।
घरमा कसरी स्वस्थ रहेर बस्ने भन्ने बारेमा हामी आउने दिनमा पनि सल्लाह दिनेछौँ ।

५. तपाँईको मानसिक स्वास्थ्यमा ख्याल गर्नुहोस् । यो संकटको बेला तनाव अलमल र डराउनु सामान्य कुरा हो । यस्तो बेलामा तपाईँले आफ्ना चिनजान र विश्वासिला व्यक्तिसंग कुरा गर्नुहोस् । तपाईँले यी कुुराहरु छिमेकीलाई पनि भन्न सक्नुहुन्छ । यस्तो बेलामा करुणा र सहयोग एक औषधि हो भन्ने कुरा नभुलौँ ।

संगीत सुन्नुहोस, किता पढनुहोस् अथवा गेम खेल्नुहोस् ।सभार नेपालि हेल्थ

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...