कोरोना भाइरसको कारण लामो दूरीका सवारी आवागमनमा रोक

  • चैत १०, २०७६
  • १३७ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

काठमाडौं १० चैत/कोभिड–१९ (कोरोना भाइरस) को सम्भावित जोखिमलाई ख्यालगर्दै आजदेखि लामो दूरीका सवारीसाधन आवागमन रोकिएको छ ।
सरकारको आजदेखि लामो दूरीका सवारीसाधन रोक्ने निर्णयलाई कार्यान्वयन गर्न नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको आइतबार बसेको बैठकले आजदेखि लामो दूरीका सवारीसाधन आवागमन रोक्ने निर्णय गरेको थियो

सवारीसाधनमा हुने भीडभाडका कारण सो भाइरसको सङ्क्रमणको जोखिम बढ्ने जनाउँदै सरकारले चैत २१ गतेसम्म सार्वजनिक सवारीसाधन रोक्ने निर्णय गरेको थियो । महासङ्घका महासचिव सरोज सिटौलाले सरकारले गरेको निर्णयअनुसार नै लामो दूरीका सवारीसाधन आइतबार राति १२ बजेदेखि रोकिएको जानकारी दिए ।

“काठमाडौँ उपत्यकामा र छोटो दूरीमा चल्ने सवारीसाधन भने रोकिएका छैनन्, लामो दूरी कतिलाई मान्ने भन्नेबारे आज मन्त्रालयमा बैठक बस्दैछ”, उनले भने । कलङ्कीका स्थानीय व्यवसायी वीरेन्द्र घिमिरेले पोखरा, चितवन, गोेरखा, धादिङ, लमजुङ जाने सार्वजनिक सवारीसाधन फाट्टफुट्टरुपमा सञ्चालन भइरहेको जानकारी दिए ।

होटल बन्द, निकुञ्ज प्रवेशमा रोक

कोभिड–१९ (कोरोना भाइरस) को सम्भावित जोखिम बढ्दै गएपछि पर्यटकीय क्षेत्र सौराहामा रहेका होटल बन्द भएका छन् । चितवन राष्ट्रिय निकुञ्जको मुख्य प्रवेशद्वारका रुपमा रहेको सो क्षेत्रमा साना ठूला गरी ११५ होटल रहेका छन् ।

क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईका अनुसार होटलले सूचना टाँसेर सेवा बन्द गरेका हुन् । घरायसीरुपमा चलाएकाबाहेक अन्य होटलका कर्मचारीलाई बिदा दिएर कुरुवा मात्र राखिएको उनले जानकारी दिए ।

पछिल्ला दिनमा पर्यटकको आगमन घट्दै गएपछि सो क्षेत्र सुनसान हुन पुगेको थियो । जोखिम न्यूनीकरण गर्न भन्दै होटल बन्द गरिएका हुन् । चितवन राष्ट्रिय निकुञ्जभित्र हुने गतिविधिका लागि प्रवेश रोकिएको छ । निकुञ्जका सहायक संरक्षण अधिकृत गोपाल घिमिरेका अनुसार निकुञ्ज प्रवेशको टिकट काउण्टर बन्द गरिएको छ ।

यससँगै निकुञ्जभित्रको सफारी, हात्ती शयर, डुङ्गा शयरलगायतका गतिविधि गर्न नपाइने भएको छ । उनले सो भाइरसको जोखिम बढेपछि निकुञ्ज प्रवेशमा रोक लगाइएको जानकारी दिए । सौराहाको थारु सांस्कृतिक सङ्ग्रहालय पनि बन्द भएको छ । पर्यटक आउने मुख्य मौसममा कोरोना प्रभावले गर्दा सौराहा क्षेत्रका गतिविधि ठप्प बनेको हो ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...