भोलिबाट नेपाल पूर्ण रुपमा लकडाउन, घरबाट बाहिर निस्कन नपाइने

  • चैत १०, २०७६
  • ३३८ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

काठमाडौँ - नेपालमा कोरोना संक्रमण रोक्न सरकारले भोलि म‌ंगलबार बिहान ६ बजेदेखि 'लक डाउन' गर्ने निर्णय गरेको छ ।

कोरोना संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति संयोजक उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्‍वर पोखरेलको संयोकत्वमा रहेको कोभिड-१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको सोमबार बसेको बैठकले देशभर'लक डाउन'  गर्ने निर्णय गरेको हो । 

गत शुक्रबार उच्चस्तरीय समन्वय समितिले कोरोना संक्रमण रोकथामका लागि १५ बुँदे निर्णय गरेको थियो। त्यसलाई 'लक डाउन' को रिहर्सलको रुपमा लिइएको थियो। 

'लक डाउन'को पहिलो चरणमा नाका सिल गर्ने, आपतकालीन अवस्थाबाहेक नियमित सार्वजनिक यातयातको सेवा स्थगित गर्ने, होटल, रेष्टुरेन्ट, बार तथा डिपार्टमेन्टल स्टोर र सपिङ मलहरु बन्द गर्ने, अति आवश्यक सेवाबाहेक सार्वजनिक अड्डा र सेवा निश्चित समयका लागि स्थगित गर्ने, सरकारी अड्डाका जरुरी तथा आपतकालीन काम अनलाइनबाट गर्ने, नागरिकलाई घरमै सावधानी अपनाएर सुरक्षित बस्‍न आग्रह, गम्भीर विरामीबाहेक अरुलाई अस्पताल नआउन आग्रह, स्कूल, कलेज, सिनेमा हल, क्लब, सभा समारोह, सांस्कृतिक पर्व तथा कार्यक्रमलगायतका सार्वजनिक स्थल र गतिविधिमा सरकारले रोक लगाइसकेको छ।

प्रधानमन्‍त्री केपी ओलीले गत शुक्रबार बेलुका गर्ने भनिएको सम्बोधनमा 'लक डाउन'बारे केही महत्वपूर्ण रहेकाे बताइएको थियाे ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...