निषेधाज्ञाले छोएन सिरहाको इँट्टाभट्टालाई, कोरोना संक्रमणको जोखिममा मजदुर

  • चैत १४, २०७६
  • १८४ पटक पढिएको
  • प्रदेश टाइम्स
alt


प्रदेशटाइम्स सम्बाददाता गोलबजार, चैत्र १४ विश्व महामारीकोरुपमा फैलिएको कोरोनाभाइरसको सङ्क्रमण नेपालमा भेटिएपछि सरकारले विगत चार दिनदेखि १८ गतेसम्मका लागि देशभर लकडाउन गरेको छ ।

लकडाउनले यतिखेर देश नै ठप्प छ । गतिविधि शुन्य छन् । सिरहामा लकडाउन मात्र हैन, निषेधाज्ञा नै जारी छ तर सिरहाको गोलबजारका इँट्टाभट्टा भने अझै चलायमान छन् । यहाँ सरकारको निषेधाज्ञाको कुनै असर परेको छैन । नियमित मजदुर काममा खटिरहेका छन् । साँझ नपर्दै मजदुरको भीडभाड एकै ठाउँमा हुन्छ ।


गोलबजार नगरपालिकामै २४ वटा इँट्टाभट्टा सञ्चालनमा छन् । आजसम्म कुनै इँट्टाभट्टा बन्द छैनन् । सबै भट्टामा अरु बेला जस्तै मजदुर नियमित काम गरिरहेका छन् । इँट्टाभट्टा सञ्चालकको दैनिकी फेरियो तर यहाँ कार्यरत मजदुरको दैनिकी भने उस्तै छ ।
गोलबजार नगरपालिकाका प्रम’ख देवनाथ साहले आफ्ना नगरपालिकाभित्रका इँट्टाभट्टा सञ्चालकलाई भट्टाका काम बन्द गर्न र मजदुरलाई कोरोना सङ्क्रमणबाट जोगाउन आग्रह गरेको बताए । इँट्टाभट्टामा बाहिरबाट आउने मान्छेको सम्पर्क भइरहने, भीडभाड भइरहने र सरसफाइमा ध्यान नदिने भएकाले उनीह? कोरोना सङ्क्रमणको उच्च जोखिममा रहेको उनको भनाइ थियो । तर मजदुरहरु खासगरी भारतको बंगालबाट आएकोले इँट्टाभट्टा नै उनीह?को घर रहेको मेयर साह बताँउछन ।
यता सिरहा प्रमुख जिल्ला अधिकारी सरोजप्रसाद गु’ँरागाई भने व्यवसायीलाई काम बन्द गरेर मजद’र घर फर्काउने व्यवस्था गर्न निर्देशन दिएको तर सिमा नै बन्द भएपछि फर्काउन गाहो भएको बताए । इँट्टाभट्टा मालिकहरुलाई पालिका प्रमुख मार्फत निर्देशन गरिसकेको प्रमुख अधिकारी गु’ँरागाईले बताए ।


इँट्टाभट्टामा महिला तथा बालबालिकाका लागि काम गर्ने भन्दै आएका एनजिओ, आइएनजिओ यतिखेर भने गायब भएका छन् । इँट्टाभट्टामा मजदुर बिरामी भइरहेको अहिलेको समयमा उनीहरुको स्वास्थ्य परीक्षण गरेर घर फर्काउनेबारे भने कसैले चासो नदिएको मजदुरको गुनासो छ ।

 

प्रतिक्रिया दिनुहोस

ब्राउन सुगरजस्तो पदा ...

सिरहा । सिरहाको गोलबजार नगरपालिका–६ स्थित धमनिमाई मन्दिर नजिकबाट प्रहरीले ब्राउन सुगरजस्तो देख ...

भदौमा सिरहा प्रहरीमा ...

सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहाले २०८३ साल भदौ महिनामा जिल्लामा विभिन्न प्रकृतिका १२५ वटा अपराध ...

प्रहरी हत्याका फरार ...

सिरहा । ड्युटीमा खटिएका प्रहरी वरिष्ठ नायब निरीक्षक (स.प्र.नि.) लक्ष्मण प्रसाद यादवलाई गाडीले ठक्कर ...