कोरोना भाईरसलाई नियन्त्रण गर्ने सुझाव सहित गौशाला नगरपालिकाका नगरप्रमुख महतोलाई राजनितीकर्मीहरुको ज्ञापनपत्र

  • चैत १५, २०७६
  • २८२ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

सुनिता महतो , महोतरी
महोत्तरी, चैत १५ गते । कोरोना भाईरसलाई नियन्त्रण गर्ने सुझाव सहित गौशाला नगरपालिकाका नगरप्रमुख शिवनाथ महतोलाई स्थानिय राजनितीकर्मीहरुले ज्ञापनपत्र बुझाएका छन । शनिवार गौशाला बजारको दुर्गा मन्दिरको प्रागणमा बसेको सर्वदलीय वैठकले विभिन्न ७ बुँदे निर्णय गरि नगरप्रमुख शिवनाथ महतोलाई ज्ञापनपत्र बुझाएको हो ।


सो ज्ञापनपत्रमा कोरोना भाईसरसम्बन्धि सचेतना फैलाउनको लागि टोलटोलमा हरेक पार्टीले कार्यकर्ता परिचालन गर्ने, यस अवधिमा हुनसक्ने कालावजारीलाई रोक्नका लागि नगरपालिकाले अनुगमन गरिने, थप क्वारेन्टाईनको व्यवस्थापन गरिने, निगौल गाई गौशालाको जग्गाबाट विस्थापित भएका सुकुम्बासीलाई अतिसिघ्र उचित वासको व्यवस्थापन गरिने उल्लेख रहेका छन । ज्ञापनपत्र बुझदै नगरप्रमुख महतोले यस भाईरसबाट बचाउनका लागि सकारात्मक कदम उठाएको र अगामी दिनमा थप व्यवस्थित रुपमा अगाडि बढने प्रतिवद्धता जनाएका थिए ।


वैठकमा समाजवादी पार्टीका लक्ष्मी महतो, कुमरकान्त झा, नेकपाका विष्णु लामा, विजय कुमार साह, श्याम साह, नेपाली काँग्रेसका मनु अधिकारी, राजपाका सुनिलचन्द्र झा, गौशाला उद्योग वाणिज्य संघका अध्यक्ष रामराजाप्रसाद साहको उपस्थित रहेका थिए ।

 

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...