अशक्त तेम्बा लामाका सहारा बने प्रेस काउन्सिल सदस्य गोबिन्द चौलागाई

  • चैत १७, २०७६
  • ८२६ पटक पढिएको
  • राम पुकार यादव
alt

राम पुकार यादव÷१६ चैत्र,बिष्णुपुर सिरहा । सिन्धुपाल्चोक, हेलब्बु स्थायी ठेगाना भएका हाल बौद्ध, नयाँ बस्ती कोठामा एक्लै बस्दै आएका शारीरिकरुपमा अशक्त पासाङ तेम्बा लामा स्वास्थय सम्सयाले आपदमा रहेको बेला नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य तथा प्रेस काउन्सिल नेपालका सदस्य गोबिन्द चौलागाईले सहारा बनेका छन ।
काउन्सिल सदस्य चौलागाई लकडाउनको छैठौं दिन विहान अनलाइन चेक गर्दै घरभित्रै बसिरहको बेला शारिरिक रुपमा अशक्त रहेको पसाङ तेम्बा लामाले फोन बाट गरेको कारुणिक शब्दबाट भाबबिभोर भै जोखिमको प्रबाह नगरि उनलाई सहयोग गर्न बौद पुगेका थिए ।
सार्है अप्ठेरोमा छु,मलाई बचाउनुस तेम्बाले फोन बाट कुरा गर्दा समाज सेवाको हरेक अबस्थामा परोपकारी भुमिका निर्वाह गर्नुहुने सदस्य चौलागाई भाबबिभोर भएका थिए । र उनि कोरोना महामारीको त्रासमय बातावारणमा पनि तेम्बाको स्वास्थय जोगाउन एम्बुलेन्स लगि काठमान्डौको एक अस्पतालमा भर्ना गराए ।

godao समाजिक सेवाका भाव रहेको तेम्बा संग पैसा नहुदा आफ्नो खल्ति बाट पैसा डिपोजिट समेत गरि भर्ना गराएर स्वास्थयलाभको कामना गरे ।
पत्रकार महासंघको केन्द्रिय सदस्य समेत रहेका परोपकारी चौलागाई आइतबार आफनो फेसबुकमा स्टयाटस लेख्दै भन्नुभएको छ, आज नेपाल पत्रकार माहासङ को ६५ औ स्थापना दिवस सम्झिरहेको दिनमा एउटा संचारकर्मी भएको नाताले एकजना सामाजिक भाब भएका अशक्त बिरामीको उपचार मा सहयोगी भुमिका खेल्न पाएकोमा आफुलाइ भाग्यमानी ठानेको छु।कोरोनाबाट जोगिन त सबैको ध्यान गएकै छ । तर यही प्रवृत्ति रहे कोरोनाबाट भन्दा बढी असहाय, वृद्धावृद्ध र अन्य दीर्घरोगीले ज्यान गुमाउन सक्ने अवस्था आउन सक्छ । नीजि अस्पतालले कोरोनाका नाममा सहजै भर्ना नलिने, एम्बुलेन्सले फोन नउठाउने, उठाएनी कोरोनाको डरले बिरामी नबोक्दिनेले गर्दा अझै लम्बिने लकडाउनमा जनताले कस्तो दुःख भोग्नु पर्ला । सबैको ध्यान जान जरुरी छ । भावबिभोर शब्दले मलाई मनमस्तिकमा छोइसकेको थियो

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...