मौलाना मसहूद को उदाहरणीय कार्य लकडाउनको समयमा विपन्न परिवारलाई खाद्यान्न वितरण

  • चैत १८, २०७६
  • २३६ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

अजय मिश्र

कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं ३ चैपुरवाममा गरिब असहाय मजदूर लगायत बिपन्न १०० परिवार लाई सहयोग स्वरुप निशुल्क खाद्यान्न सामाग्री वितरण गरिएको छ। किमम फाउन्डेसन नेपाल को सहयोग र मदरसा बोर्ड ५नं.प्रदेश को आयोजनामा उक्त खाद्यान्न समाग्री वितरण गरिएको छ।

कोराना भाइरस विश्वमा महामारी को रुपमा फैलिएको कारण ले नेपालमा पनि ५जना विदेश बाट फर्केर आएको व्मक्ति हरुमा भेटाएको पुष्टी नेपाल सरकार ले समेत गरि सकेको कारण ले यो महामारी बाट नेपाल भरी का जनता लाई जोगाउनको लागि नेपाल सरकार ले लक डाउन गरेको छ।

प्रत्येक दिन ज्यालादारी रिक्सा तरकारी बिक्री लगायत बिभिन्न किसीम को मेहनत गरि पैसा कमाएर आ आफ्नो परिवार को पेट भर्दै आएका श्रमिक गरिब मजदूरहरु अहिलेको रोजगार बन्द भएकाले यी गरिब परिवार को घर मा कोई भोकै नरहोस भन्ने भावना का साथ आज कृष्णनगर नगरपालिका भित्र पहिलो चरण मा हामी ले २५किलो चामल, ५किलो दाल,पिठो, तेल, आलू, , नून,लगायत खाद्यान्न समाग्री वितरण गरेको ५नं.प्रदेश मदरसा बोर्ड का उपाध्यक्ष मौलाना मसहूद खां नेपाली ले बताय। उक्त समाग्री वितरण कार्यक्रममा नेकपा कृष्णनगर नगरसमिती अध्यक्ष जावेद आलम, युवा सहयोगी वसीम खान, कैफ खान, वसीउल्ला चौधरी लगायत भद्रभलादमी हरुको उपस्थिती थियो।

यो दुखद घडी हो र कोरोना भाइरस बाट आफू बचौ र अर्का लाई बचाउन को लागि नेपाल सरकारले दिएको निर्देशन को पालन गरौ हामी हर सम्भव नेपाली जनताको सुख दुख मा सदैव उभेका छौ र सके सम्म आजको यो दुखद घडी मा म सहयोग दिने तैयार रहेको किमम फाउन्डेसन नेपाल का अध्यक्ष शैख अब्दुल कय्यूम मदनी ले प्रतिबद्धता समेत जनाएका थिए।

यस्ता दुखद घडीमा गरिब असहाय जनताहरुको सहयोग नै सबै भन्दा ठूलो मानव धर्म रहेको र अब आ आफ्नो स्तर बाट सबै लाई गरिब असहाय जनता को सहयोग गर्ना को लागि राष्ट्रिय मदरसा संघ का राष्ट्रीय अध्यक्ष डाक्टर अब्दुल गनी अलकुफी ले अग्रह समेत गर्नु भयो।

प्रतिक्रिया दिनुहोस

ब्राउन सुगरजस्तो पदा ...

सिरहा । सिरहाको गोलबजार नगरपालिका–६ स्थित धमनिमाई मन्दिर नजिकबाट प्रहरीले ब्राउन सुगरजस्तो देख ...

भदौमा सिरहा प्रहरीमा ...

सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहाले २०८३ साल भदौ महिनामा जिल्लामा विभिन्न प्रकृतिका १२५ वटा अपराध ...

प्रहरी हत्याका फरार ...

सिरहा । ड्युटीमा खटिएका प्रहरी वरिष्ठ नायब निरीक्षक (स.प्र.नि.) लक्ष्मण प्रसाद यादवलाई गाडीले ठक्कर ...