लहान महोत्सव बन्यो सुनसान, यस्तो छ कारण

  • चैत ३०, २०७५
  • २२९ पटक पढिएको
  • मनोज बनैता
alt

सिरहा/ ‘हाम्रो लहान, समृद्ध लहान’ नारा दिएर शुरु भएको लहान महोत्सब दिन दिनै सुक्दै गएको कुरा स्थानीय बताउछन् । यस महोत्सवमा आफ्नोपन छैन भने नागरिक आवाज उठ्न थालेको छ ।

शुरुवातकै दिनदेखि स्थानीयको मन झस्केको यो महोत्सवमा दिनानुदिन हेर्नेको भिड कमहुदै गरेको छ । उद्घाटनको दिन स्थानीयलाई खुशी पार्न उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल र साँसद लिलानाथ श्रेष्ठले विशुद्ध मधेशी मैथली भाषामा उद्घाटन भाषण दिएका थिए । प्रदेश साँसद लगनलाल चौधरी र आयोजक मेयर मुनी साहले मन्त्री र साँसदलाई खुशी पार्न नेपालीमा भाषण गरेका थिए ।

१५ दिनको लागि सँचालन गरिएको लहान महोत्सवमा स्थानीय भाषी कलाकार उदीतनारायण झा, मुरलीधर, गुरुदेव कामत, सँजीव चौधरी, शम्भु चौधरी, डा। अभाष लाभलगायत दूई दर्जनलाई बेवास्ता गर्दै बाहिरीया कलाकारलाई मँचासन दिएका थिए । बाहिरीया कलाकारहरुले महोत्सवमा स्थानीयलाई आफ्नोपन दिन प्रयास गरेका छन् । तर, स्थानीय भाषाभाखा दिन नसक्दा दर्शकहरु हुटिँग गर्दै आएको छ । उनीहरुले नेपालीमा हिन्दी मिक्स गरेर प्रदर्शन गरिरहेको छ भने भोजपुरी जस्तो अश्लिल गीत दिएर काम चलाइरहेको अवस्था छ ।

चालिस लाखको लगानीमा गरिएको लहान महोत्सवले के सन्देश दिने हो रु यत्तिबेला मेयर मुनी साहसँग स्थानीय जनताले माग अघि सारेको छ । मुनी साह मौन रथमा सवार भइ अर्ध मुस्कान दिई जनता रुझाउन ब्यस्त भएको देखिन्छ । महोत्सव भनेको स्थानीय चिजवस्तु कलासँस्कृतिलाई पहिचान दिनु हो । स्थानीय उत्पादनलाई प्रचार गर्नु हो । निर्यातको लागि माहौल बनाउँनु हो । आयातलाई निरुत्साहित गर्नु हो । तर, मेयर मुनी साहको राज्यमा ठीक विपरित भइरहेकोले स्थानीय जनता भन्छन् ‘लहान महोत्सव के महोत्सव रु जहाँ आफ्नोपन छैन ।

महोत्सवको परिणाम यस्तो बन्दै गएको छ । तीन सय स्टल लगाउँने भनिएपनि एक सय स्टलसम्म भरिभराउ छैन । दूई सय स्टल खाली रहेको छ भने साना व्यापारीलाई छिर्न दिएको छैन । चैत्र २५ देखि बैशाख १० सम्म यो महोत्सव चल्ने भएको छ जसमा आज पाचौं दिन मात्र १०० को हाराहारीमा दर्शक देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एसईई र एसएलस ...

एसईई र एसएलसीई परीक्षामा जफत गरिएका ४९६ थान मोबाइल नष्ट सिरहा, जेष्ठ २१— यस वर्षको एसईई तथा एस ...

सिरहामा क्याम्पस भवन ...

 सिरहा, जेठ ८— सू.स.मो.या. बहुमुखी क्याम्पस, सिरहामा क्याम्पस भवन मर्मत तथा निर्माण सम्बन ...

सार्वजनिक स्रोत–साधन ...

काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले सार्वजिनक निकायको जवाफदेहिता, पारदर्शिता र निष्ठा प्रवर्द्धन ...