गाउँपालिका स्तरिय सिलाइ कटाई तालिम समपन्

  • वैशाख ८, २०७६
  • १८८ पटक पढिएको
  • मुकेश यादव
alt



लहान बैसाख ८। सिरहाको बिष्णुपुर गाउँपालिकामा महिलाहरुलाइ लक्ष्ति गर्दै १५ दिने सिलाइ कटाई तालिम समपन्न भएको छ । यस गाउँपालिकामो वार्षिक कार्य योजना अनुसार लक्ष्ति बर्ग अन्र्तगत महिलाहरुको सिपमुलक तालिमको लागि १५ दिने सिलाइ कटाई कार्यक्रम राखिएको थियो । कार्यक्रममा बिष्णुपुर गाउँपालिकाको ५ओटै वाडा बाट चार चार जना र थप पाँच जना गरि जम्मा २५महिलाहरुलाई सहभागि गराएका थिए ।उक्त सिलाईकटाइ तालिम कार्यक्रमको प्रमुख अतिथि बिष्णुपुर गाउपालिकाको अध्यक्ष जागेश्वर यादव रहनु भएको थियो ।अध्यक्ष यादवले समाजमा महिला उत्थानको लागि आफु जहिले पनि अग्रसर रहने बताए । त्यसतै कार्यक्रमको संयोजक राम पुकार यादवले महिलाको लागि शिपमुलक तालिम समाज परिवर्तन गर्ने कडि नै हो बताए ।शिप सिके पछि महिलाहरुले पुरुषको भर बस्नु नपर्ने समेत उनले बताए ।चैत २४ गते देखि शुरु भएको तालिम बिष्णुपुर गाँउपालिकाको सहयोग र नेपाल महिला उत्थान समाज राजपुर ७ सिरहाको सम्झदारिमा भएको थियो । ।तालिम हासिल गरेका सम्मपुर्ण सहभागिहरुलाइ प्रमाण पत्र समेत प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...