पन्द्र सय बर्षमा यस पटक फुलवारी मेला स्थगित, तीन राजाको छोरीहरुसँग सलहेशको प्रेम बन्धन

  • वैशाख १, २०७७
  • ६२४ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

दिनेश्वर गुप्ता लहान, १ बैशाख । सातौ शताब्दीदेखि लाग्दै आएको फुलवारी मेला यस बर्ष कोरोना भाइरसको कारण स्थगित भएको छ । सम्भवत आज १५ सय बर्षमा यो पहिलो चोटी सलहेश फुलवारी मेला स्थगित भएको हो ।
लहान १२ र २२ वडा स्थित रहेको फुलवारी नयां बर्षसंगै धार्मिक तथा पौराणिक कथावस्तुमा आधारित मन्दिरहरुमा मेला लाग्ने गरेको छ । जसमा फूलवारी मेला बैशाख १ गते बडौ धुमधामका साथ लाग्दै आएको थियो ।
लहानको भोटियाटोल चौकदेखि दक्षिणमा रहेको ऐतिहासिक तथा प्राचीन फूलबारीमा नयाँ वर्ष मात्र फुल्ने उक्त फूल हेर्न मधेशका अधिकांश जिल्ला र भारतका विहारबाट श्रद्धालुभक्तजनहरु घुईंचो लाग्ने गरेको छ । प्रत्येक नयाँ वर्षको अवसरमा सिरहाका बिभिन्न ठाउँमा लाग्ने मेला यस पटक स्थगित गरिएको छ । नयाँ वर्षको अवसरमा वैशाख १ गते सिरहाको लहान नगरपालिकामा लाखौको सहभागितामा सलहेश फूलबारी मेला लाग्ने गर्दछ । सिरहामै पकडिया गढ, मानिक दह, धमनीमाई मेला र पतारी मेला लाग्ने गर्दछ । तर यसपटक यी मेलाहरु लाग्न नदिइने निर्णय भएको छ । मंगलबार सिरहाका प्रमुख जिल्ला अधिकारी सरोज गुरागाइँको अध्यक्षतामा सुरक्षा अधिकारी र केही स्थानीय तहका प्रमुखहरुको उपस्थितिमा बसेको बैठकले मेला लाग्न नदिइने निर्णय गरेको हो ।
विश्वभर कोरोना भाइरसका प्रभावलाई नियन्त्रण गर्न देशभर लागू भएको लकडाउनलाई पूर्ण पालना गराउनका निम्ति मेला लाग्न नदिइने निर्णय भएको प्रमुख जिल्ला अधिकारी गुरागाइँले बताए ।
सलहेश फूलबारी मेलामा नेपाल तथा भारतका लाखौं दर्शनार्थीहरु आउने गर्छन् । यस दिन यो फूलबारीमा ‘अनौठो’ किसिमको फूल नयाँ वर्षको दिनमात्र फूल्ने गर्छन् । सो ‘सल्हेस’ फूलबारीमा रहेको ‘हारमको’ रुखमा एकाबिहानै सुनाखरी आकारको फूल फुल्छ र साँझ ओइलाएर जान्छ । उक्त रुख फूलबारीको मध्यभागमा रहेको राजा सलहेसका प्रेमिका मालिनीको गहबर (मन्दिर) संगै टाँसिएको छ । माला आकारको सेतो फूलको थुँगा जस्तो देखिने र साँझपख मौलाएर जानु खोजकर्ताका लागि अनौठो र रोचक विषय भएको छ ।
सलहेश ‘सलहेस’ फूलबारीमा रहेको ‘हारमको’ रुखमा एकाबिहानै सुनाखरी आकारको फूल फुल्छ र साँझ ओइलाएर जान्छ । उक्त रुख फूलबारीको मध्यभागमा रहेको राजा सलहेसका प्रेमिका मालिनीको गहबर (मन्दिर) संगै टाँसिएको छ । माला आकारको सेतो फूलको थुँगा जस्तो देखिने र साँझपख मौलाएर जानु खोजकर्ताका लागि अनौठो र रोचक विषय भएको छ । वनस्पतिविद्का अनुसार छैटौँ र सातौं शताब्दीदेखि जस्ताको त्यस्तै रहेको यो रुख र अचम्मको फूलबारे कुनै ठोस जानकारी प्राप्त हुन सकेको छैन ।
छैटौं र सातौँ शताब्दीदेखि मधेश भूमिको गढको रुपमा रहेको त्यसबेला त्यहाँका सेनापति भैरबभूपाल सोमदेव र मनदोदरीका कोखबाट वीरबालक जयवद्र्धन (सलहेस) को जन्म भएको थियो । उनी सानै उमेरदेखि सौर्यवान, प्रखर बुद्धिमान् थिए ।
त्यसबेला उत्तरका किरात प्रदेश तिब्बत र भुटानबाट अन्नबाली र पशु लुटेर लान पोखरियागढ, तरेगना गोविन्दपुरगढ, महिसोथामा बारम्बार आक्रमण हुने गथ्र्यो ।
भोट र किरातको आक्रमण रोक्न सलहेसका बुबा सोमदेव तरेगनागढ हालको लहान बजारभन्दा चार किमी उत्तरतर्फ का राजा हिन्दूपति शम्शेर भण्डारीलाई सघाउन गए ।
भुटानी भोट र किरातसँग भएको युद्धमा सोमदेवले सहादत प्राप्त गरेपछि जेठो छोराको हैसियतले सहलेस तरेगना गोविन्दपुरगढीको सेनापति नियुक्त भए ।
सहलेस गढपति भए पनि कोसीदेखि पश्चिम गण्डकीसम्म उत्तर हिमालयको पदम प्रदेश र दक्षिण गङ्गासागरसम्म आफ्नो सैन्य सङ्गठनलाई सुसङ्गठित पारेका थिए । salh पकडियागढीकी राजकुमारी चन्द्रावतीको नौलखा हार चोरी प्रकरणमा सहलेस समातिएपछि चोहरमललाई दोषी करार गरी रिहा भएका थिए । सहलेशसँग बालकालमै तरेगनागोविन्दपुरकी सात बहिनी मालिनीसँग प्रेम बसेको थियो । योसँगै पोखरीयागढकी राजकुमारी चन्द्रवतीसँग पनि बालकालमै प्रेम सम्बन्ध रहदै आएको थियो । चन्द्रवतीसँग प्रगाढ प्रेम भएपनि सलहेशलाई त्यहाँका राजाले स्वीकार गरेका थिएन । सात बहिनी रेशमा, कुशमा, हिरिया, जिरिया, पनमा, फुलवा र दौनालगायतको सुन्दरीले सहयोग गर्दा सहलेस र चन्द्रवतीबीच प्रेम भएको भन्ने किंबदन्ती छ । र सातै वहिनी सलहेशसँग प्रेम गर्दै आएका थिए । तर, सलहेशको विवाह बलाठका राजाकी छोरी सत्यावतीसँग भएको थियो । सलहेश तीन राजाका छोरीहरु ९ जनासँग प्रेम बन्धनमा थिए । मेलाको दिन थुप्रै युवा जोडी आएर ती फूललाई साक्षी मानी प्रेमविवाह गर्छन् ।
मधेशमा अहिले पनि गाउँ गाउँमा गीत र महराई मार्फत सलहेस गाथा गाउने परम्परा जीवितै छ । यता, सलहेशसंगै जोडिएको पोखरियागढमा बैशाख २ गते मेला लाग्ने गरेको छ भने सोही दिन पतारी पोखरी मेला लाग्ने गरेको छ । हरेक वर्ष झै यात्रीहरुको स्वागतका लागि बिभिन किसिमका नाच गान, सर्कस खेल र राती बस्ने अस्थायी घर बनाउँने गरेको छ । तर, यस बर्ष मेलाको लागि कुनै तयारी गरिएको छैन । यो १५ सय बर्षपछि मात्रै यस्तो मेला स्थगित भएको हो ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...