मदरसा बोर्डका उपाध्यक्ष मौलाना मशहूद खां द्वारा गरीब परीवारमा खाद्यान्न समाग्री वितरण

  • वैशाख २, २०७७
  • ३२० पटक पढिएको
  • प्रदेश टाइम्स
alt

अजय मिश्र

वैशाख २ कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं ३ चैपुरवाममा गरिब असहाय मजदूर लगायत बिपन्न २०० परिवार लाई सहयोग स्वरुप निशुल्क खाद्यान्न सामाग्री वितरण गरिएको छ।

हेरा शैक्षिक तथा मानवीय सेवा समाजको सहयोगमा र मदरसा बोर्ड ५नं.प्रदेश को आयोजनामा उक्त खाद्यान्न समाग्री वितरण गरिएको छ। कोराना भाइरस विश्वमा महामारी को रुपमा फैलिएको कारण ले नेपालमा पनि भेटाएको पुष्टी नेपाल सरकार ले समेत गरि सकेको कारण ले यो महामारी बाट नेपाल भरी का जनता लाई जोगाउनको लागि नेपाल सरकार ले लक डाउन गरेको छ।

प्रत्येक दिन ज्यालादारी रिक्सा तरकारी बिक्री लगायत बिभिन्न किसीम को मेहनत गरि पैसा कमाएर आ आफ्नो परिवार को पेट भर्दै आएका श्रमिक गरिब मजदूरहरु अहिलेको रोजगार बन्द भएकाले यी गरिब परिवार को घर मा कोई भोकै नरहोस भन्ने भावना का साथ आज कृष्णनगर नगरपालिका भित्र पहिलो दोस्रो चरणमा मा हामी ले १४किलो चामल, ५किलो दाल, ५ किलो पिठो, तेल, आलू, , नून,लगायत खाद्यान्न समाग्री वितरण गरेको ५नं.प्रदेश मदरसा बोर्ड का उपाध्यक्ष मौलाना मसहूद खां नेपाली ले बताए। उक्त समाग्री वितरण कार्यक्रममा कृष्णनगर नगरपालिका वडा नं ३ वडा अध्यक्ष सगिर अहमद खान नेकपा कृष्णनगर नगरसमिती अध्यक्ष जावेद आलम, युवा सहयोगी वसीम खान, कैफ खान, वसीउल्ला चौधरी,लगायत भद्रभलादमी हरुको उपस्थिती थियो।

यो दुखद घडी हो र कोरोना भाइरस बाट आफू बचौ र अर्का लाई बचाउन को लागि नेपाल सरकारले दिएको निर्देशन को पालन गरौ हामी हर सम्भव नेपाली जनताको सुख दुख मा सदैव उभेका छौ र सके सम्म आजको यो दुखद समयमा तयार रहेको हेरा शैक्षिक तथा मानवीय सेवा समाजको सहयोग दिने तैयार रहेको हेरा शैक्षिक तथा मानवीय सेवा समाजका महासचिव शैख जैस मक्कीले प्रतिबद्धता समेत जनाएका थिए।

यस्ता दुखद घडीमा गरिब असहाय जनताहरुको सहयोग नै सबै भन्दा ठूलो मानव धर्म रहेको र अब आ आफ्नो स्तर बाट सबै लाई गरिब असहाय जनता को सहयोग गर्न को लागि राष्ट्रिय मदरसा संघ का राष्ट्रीय अध्यक्ष डाक्टर अब्दुल गनी अलकुफी ले अग्रह समेत गर्नु भयो।

प्रतिक्रिया दिनुहोस

सिरहामा एसईई र एसएलस ...

एसईई र एसएलसीई परीक्षामा जफत गरिएका ४९६ थान मोबाइल नष्ट सिरहा, जेष्ठ २१— यस वर्षको एसईई तथा एस ...

सिरहामा क्याम्पस भवन ...

 सिरहा, जेठ ८— सू.स.मो.या. बहुमुखी क्याम्पस, सिरहामा क्याम्पस भवन मर्मत तथा निर्माण सम्बन ...

सार्वजनिक स्रोत–साधन ...

काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले सार्वजिनक निकायको जवाफदेहिता, पारदर्शिता र निष्ठा प्रवर्द्धन ...