अव्यबस्थित राहत बितरन पनि लकडाउनको चुनौती . कसरी बांचिन्छ संसार।

  • वैशाख ५, २०७७
  • ३२९ पटक पढिएको
  • राम पुकार यादव
alt

राम पुकार यादव अव्यबस्थित राहत बितरन पनि लकडाउनको चुनौती . कसरी बांचिन्छ संसार।द्धन्द्धयुक्त राहत बितरणले कोरेना जोखिम र यसलाई न्युनिकरण गर्ने एकमात्र बिकल्पको रुपमा रहेको लकडाउन प्रणाली  ठाउँठाउँमा राहतकै नाममा समाजिक दुरि बिहिन बनेको छ । राहतको नाममा नेता र जनताले संकट र लकडाउन भुलेको छ ।भोकमरी एका तिर राहत अर्कोतिर कोरोना संकट सबै तिर ।

राम पुकार यादव कोभिड १९ जोखिम बाट उत्पादित संकट्ले मानब जिबनको हरेक बाँच्ने अधारहरु प्रभावित भएको छ।मानवीय जिवन र कोरोनाको फैलावट बिचको सम्बन्धमा दुरि कायम रह्नु पर्ने भएता पनि जिबनलाइ  संक्रमणले समानन्तर रेखालाइ लम्बले छेदेको जस्तो प्रस्थिती मुठभेड्मा आएको छ।मानवीय जिबनले एकातिर धर्तिमा आफ्नो अस्तित्व टिकाइ राख्न जोड गरेको छ भने कोभिड १९ महामारी संक्रमणले जिवनको अस्तित्व पतन गर्न नब्बे डिग्रीको रेखामा छेदन गरेको छ। फराकिलो यि संसारमा मानव जिबन र मानव जिवनलाइ घात गर्ने समस्या बिच दुरि कायम गर्न कठिन भएको देखिन्छ।

मानव जिवनमा घात गर्ने सम्स्याहरु मानब जिबनलाइ बचाउ गर्ने आधारहरु सँग उतिकै सम्बन्ध जुटेको देखिन्छ । कोरोना संकट मानब जिबनलाइ घात गर्ने समस्याहरुमध्येको एक ठुलो पर्खाल रहेको छ भने कोरोना संकटले उत्पादन गरेको भोकमरी ,मानबिय आर्थिक संकट,एक अर्का बाट अलग रह्नु पर्ने बाध्यात्मक अलगावको स्थिति अहिलेको बच्ने अधारहरु रहेको देखिन्छ । तर यि सम्स्या र बच्ने अधार बिकल्प बिच सम्बन्ध अगाढ रहेको छ। कोरोनाका कारन भैइएको लकडाउनले उब्जेको समस्याहरु भोकमरी छल्न सरकारले जनताको लागी  राहत वितरण  निति ल्याएको छ।तिन तहको सरकारले ल्याएको राहत बितरणका मापदण्डहरु लागु नभएको अवस्था  त छ नै साथै बितरण हुदै आएको स्थानहरु पनि कोरोना समस्या र त्य्सलाइ समाधान गर्ने बिकल्प लकडाउन र दुरि कायम नभएको देखिन्छ।यस अबस्थामा सम्स्या र समस्या समाधान गर्ने उपाय बिकल्प बिचको सम्बन्ध अगाढ देखिदै अलगाव भएको छैन।

यस्त। अबस्था रहि रह्यो भने समाधान तिरको बिकल्प रहि रह्दा पनि कोरोना संक्रमण्को वृद्धि बिकास र फैलावटमा गिरावट नआउने पक्का रहेको दयनीय अबस्थालाइ बुझ्नु जरुरी रहेको छ। जताततै राहत बितरण भैरहदा मारपिट झगडा लडाइ भएको देखिन्छ।झग्डा लडाइ भएको बेला भिड र जमघट भएको देखिन्छ। यसले मानव बचाउकै लागी सरकारले जारी गरेको नियमको प्रणालिको उलंघन भएको त छ नै थप यसले कोरोना संक्रमणको फैलावटमा जोखिमलाइ सघाएको देखिन्छ । राहत कसका लागी हो< किन हो< जनचेतनाको कमि भनौ या राजनिती लडाइ ।नेता कार्यकर्ता बिच द्वन्द्व फसि थप जोखिम मोल गरेको देखिन्छ । संकटमा द्वन्द गर्ने हरु रहत लाइ के बुझेको छ।बुझ्न कठिन भएको छ।सरकारले जनतालाइ भिड नगर्न भने पछि जुन हिसाबले होस भिड भएकै हो। राहतमा काखपाखा गर्न नभने पछि अप्रत्यक्ष वा प्रत्यक्ष रुपले कुटुम्ब आफन्तबाद भएकै हो। कोरोनाका कारण देशमा भोकमरी झेलिदै गरेको बिपन्न समुदायहरु उपास परेकै हो। यस प्रस्थितिमा के सम्स्यारु कहाँ उपाय रुकहाँ समाधान र कुन किसिमको संक्रमण न्यूनीकरण  बिकल्प कार्यन्वन हुदै छ सरकारले नसोची बिकल्प नरहेको देखिन्छ । यस्ता आवत समस्याहरुको निराकरण भएन भने फराकिलो संसारमा मानब जिबनको अस्तित्व कुना कप्चामा मात्र सिमित रहने मानब सभ्यताको एतिहासिक यथार्थ लाइ दर्शनको रुपमा बुझ्नु पर्नेमा संकोच नमान्दा हुन्छ। सृष्टिको रचना सगैं संसारमा मानवका धैरै पविर्तित स्वरुपहरु थुप्रिदै आएको छ ।

सृष्टिको रचना र त्यस रचनामा हामि मानविय सभ्यताको बिकास भएको तथ्यहरु धर्म ग्रन्थहरु र अध्ययनका किताबहरुमा रहेको बिषय सँग हाम्रो ह्दय नभिजेको होइन । जगतको रचना पश्चात धर्तिमा मानब पलाउन कठिनै इतिहासहरु रहेको अध्यात्मबादि कागजहरुले तर्क गरेको हाम्रो मानबिय मनले छोएको पनि छ । धर्तिमा मानविय सभ्यताको सुरुवात र समानान्तरमा बिज्ञानको अबिस्कारहरु जुटिदै आएको तथ्हरु पनि रहेको छ । संसारमा समय परिवर्तन संगै मानिसका स्वरुपहरु पनि फेरिदै आएको छ र समानान्तर रुपमा समय परिवर्तन संगै जोखिम र समस्याहरु पनि कठिन रुप लिदै आएको छ।जसका कारन फेरिदै आएको ति मानवीय स्वरुपहरु समय समयमा बिनाश पनि हुदै आएको तथ्यलाइ मनन नगरी हुदैन। समयको अन्तरालमा हुदै आएको जैबिक तथा मानविय बिनाश झै हालको अबस्थामा फेरिदै आएको आधुनिक अबस्थाको मानवीय स्वरुपहरुको पनि  बिस्तारै बिस्तारै स्पर्श छुटिने खतराको संकेत नरहेको भन्न सक्ने अबस्था छैन।

त्यसैले हामि समपुर्ण मानव समुदाय नै कोभिड १९ जोखिमको समस्या र त्यसलाई समाधान गर्ने उपाय बिकल्पको बारेमा प्रष्ट रुपमा बुझि ब्यतिm ब्यतिmले यसको महत्वलाई स्विकार गर्नु पर्ने अबस्थालाई आत्मसात गर्नुपर्छ । हैन भने मानब सभ्यता बाट स्पर्श छुटिने पक्का रहेको बुझनुपर्छ ।

 

 

प्रतिक्रिया दिनुहोस

सिरहामा एसईई र एसएलस ...

एसईई र एसएलसीई परीक्षामा जफत गरिएका ४९६ थान मोबाइल नष्ट सिरहा, जेष्ठ २१— यस वर्षको एसईई तथा एस ...

सिरहामा क्याम्पस भवन ...

 सिरहा, जेठ ८— सू.स.मो.या. बहुमुखी क्याम्पस, सिरहामा क्याम्पस भवन मर्मत तथा निर्माण सम्बन ...

सार्वजनिक स्रोत–साधन ...

काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले सार्वजिनक निकायको जवाफदेहिता, पारदर्शिता र निष्ठा प्रवर्द्धन ...