संकटमा थप संकट हावाहुरी सहितकाे अशिना पानीले: राैतहटकाे बाली र मुसहर बस्तीमा ठुलाे क्षति

  • वैशाख ६, २०७७
  • १३५२ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

रौतहट । शुक्रबार राैतहटमा ठुलाे हावा हुरि सहितकाे अशिना पानी परेकाे छ ।संकटमा थप संकट हावाहुरी सहितकाे अशिना पानीले राैतहटकाे बाली र मुसहर बस्तीमा ठुलाे क्षति भएका छ्न्।
शुक्रवार आएको याे हावाहुरी सहितको असिना पानीले जिल्लामा लगाइएका मकै बाली , जस्ताका र टायलका घरहरूमा ठूलो क्षती भएको छ।

जिल्लाकाे अल्टोकी, सिन्दुरेघारि , बल्लेरी , मलिनटोल, खौराहा, मरधर सहित बिश्रामपुर सम्मकाे हजारौं हेक्टर जमिनमा लगाइएकाे बालि पुर्ण रुपमा क्षति हुँदा किसानहरु चिन्तित भएका छ्न्।

चेतनगरका समाजसेवी श्याम श्रेष्ठले सम्पत्ति न्युजलाई बताए अनुसार जिल्लाभरी नै ठुलाे मात्रामा क्षति भएको छ भने चन्द्रपुर 9 मा सबैभन्दा धेरै नै क्षती भएकाे छ ।

प्राप्त जानकारी अनुसार लगाइएका बालीहरु पुर्ण रूपमा नस्ट भएको छ भने मुसहरबस्तिका दुकानि माझि,बिनाेद माझि,इनदल माझि झिमा माझि,प्रामोद माझिकाे घर हावाहुरीले पुर्णरुपमा भत्किएको छ ।

कोरोनाको त्रासमा घरमै बसिरहेका किसानहरूले आफुले बर्षभरी खान लगाएको बालि नष्ट हुँदा रौतहटका किसानहरु थप बिपत्तिको सामना गर्नुपरेको समाजसेवी श्रेष्ठ ले बताउनु भयाे ।
एक त काेराेनाकाे कारण खेतीमा निरन्तरता दिन नसक्दा कतिपय लगाउनु पर्ने बालि नलगायर जग्गा बाँझाे हुने अवस्थामा पुगेका छन् भने कतिपय बालि लगाएको ठाउँबाट भित्राउन नपाएर नाेक्सानि व्यहोर्नुपरेको याे अबस्थामा प्राकृति विपत्तिले झन थप विपत्ति र समस्या निम्ताएकाे छ । काेराेनाका कारण बाह्य अाम्दानि ठप्प भएर समस्या बेहाेरिरहेकाे बेला वर्षाै भरि खानुपर्ने बाली नाेक्सान हुँदा कीसानहरु थप चिन्तामा परेका छन् ।

खबर सँगै पुर्ब प्रधानमन्त्री माधब कुमार नेपालले शुक्रबार साझ आएको हावाहुरीका कारण बालिनाली र कतिपयका घरहरूमा समेत क्षती भएको खबरले आफू दुखित भएको बताउदै क्षती ब्यहोरेका सबैलाई राहतको ब्यबस्था गरिदिन समेत स्थानीय सरकार देखी सम्बन्धित निकायको ध्यानाकषिर्त गराउने बताउनु भएको छ।

हवाहुरीका कारण कति क्षतिभयो यकिन डाटाभने अझै आउन सकेको छैन। सबैको ध्यान यतिबेला कोरोना त्रासबाट कसरी जोगिने भन्ने मै भएकोले रौतहटका किसानलाई परेको यो थप बिपत्तिप्रती धेरैकाे ध्यान जान सकेकाे छैन । काेराेना सँगै राैतहटमा परेकाे याे थप विपत्ति माथि सम्बन्धि निकायकाे ध्यानाकर्षण हुनुपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

ब्राउन सुगरजस्तो पदा ...

सिरहा । सिरहाको गोलबजार नगरपालिका–६ स्थित धमनिमाई मन्दिर नजिकबाट प्रहरीले ब्राउन सुगरजस्तो देख ...

भदौमा सिरहा प्रहरीमा ...

सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहाले २०८३ साल भदौ महिनामा जिल्लामा विभिन्न प्रकृतिका १२५ वटा अपराध ...

प्रहरी हत्याका फरार ...

सिरहा । ड्युटीमा खटिएका प्रहरी वरिष्ठ नायब निरीक्षक (स.प्र.नि.) लक्ष्मण प्रसाद यादवलाई गाडीले ठक्कर ...