सडकमा पैसा छरेर भागेका दुई महिलालाई प्रहरीले पक्राउ

  • वैशाख ६, २०७७
  • ३२० पटक पढिएको
  • प्रदेश टाइम्स
alt

जनकपुरधाम: जनकपुरधामको महाविरचोकस्थित सडकमा पैसा छरेर भागेका दुई महिलालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका ७ निवासी आमुना खातुन र अलिना खातुन रहेका छन् उनी दुवैजना नातामा भाउजु र नन्द हुन्। आज दिउँसो जानकी नगरस्थित मदरसाको पछाडिबाट उनीहरुलाई पक्राउ गरिएको छ। दुवै जनालाई जिल्ला प्रहरी कार्यालयमा राखेर सोधपुछ तथा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।घटनापछि सिसिटिभी फुटेजको आधारमा अनुसन्धान सुरु गरिएको थियो। सिसिटिभी फुटेजमा मुख छोपेकी दुईजना महिलाहरु देखिएपछि प्रहरीले उनीहरुको खोजी तीव्र पारेको थियो। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी रामेश्वर कार्कीका अनुसार सिसिटीभी फुटेजहरु झिकाएर शंकास्पद देखिएका र स्थानीयले भनेको हुलियाको आधारमा उनीहरुको खोजी गरिएको बताए। शुक्रवार दिउँसो जनकपुरधाम उपमहानगरपालिकाको वडा नं. ५ महावीर चौकको सडकको विभिन्न ठाँउमा स्थानीयले पैसा देखेपछि प्रहरीलाई खबर गरेका थिए।प्रहरीले नोटबाट कोरोना भाइरसको संक्रमण फैलिन सक्ने भन्दै शुक्रबार साझ घटनास्थलमा स्यानिटाइजर छर्केको थियो। त्यसैगरी नोट बरामद गरी ल्याब परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको थियो।महिलाले १० रुपैयाँको १५ वटा नोट बाटोमा छरेर भागेका थिए।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...