राहत नदिएको भन्दै स्थानीय गरिब विपन्न परिवारहरुले सुखिपुर नगरपालिकामा ढुङ्गामुढा

  • वैशाख ७, २०७७
  • ९४२ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

बैशाख ०७ सुखिपुर । सिरहाको सुखिपुर नगरपालिकामा राहत नदिएको भन्दै स्थानीय गरिब तथा विपन्न वर्ग का परिवारहरुले नगरपालिकामा ढुङ्गामुढा गरेका छ्न । सिरहाको सुखिपुर नगरपालिकाले हाल सम्म राहत वितरणको लागि तथ्यांक संकलनमा पक्षपात गरेको र हाल सम्म राहत नदिएको भन्दै त्यहाका गरिब, विपन्नवर्गका परिवारहरुले राहतको मांग गर्दै नगरपालिकामा ढुङ्गामुढा गरेको स्थानीयले बताएकाछन् ।

कोरोना भाइरस (कोभिड १९) रोकथामका लागि सरकारले गरेको लकडाउनबाट प्रभावित गरिब , द्लित, बिपन्नलाई सुखिपुर नगरपालिका राहत वितरण कार्य निकै ढिलाइ र बेवास्ता गरिएको बिरोधमा सुखिपुर नगरवासीले सुखिपुर नगरपालिका का मेयर प्रति शान्तिपुर्ण बिरोध प्रदर्शन गरिएको थिए ।

कोरोना भाइरसको कारण सरकारले घोषणा गरेको लकडाउनको मुख्य मार गरिब, मजदूर, ज्यालादारी गरी खाने, भूमिहीन, सुकुमबासी, साहारा विहीन, जेष्ठ नागरिक, अ’पांगता भएको व्यक्तिहरुलाई बढी परेको छ । यद्यपि सरकारले यसरी समस्यामा परेका परिवारलाई उचित राहत वितरण गर्नु भने पनि वास्तविक समस्यामा परेका मानिसहरुले राहत सामग्री पाउन सकेका छैनन् ।

हाल सम्म सिरहामा ९ वटा नगरपालिका र ८ वटा गाउँपालिका गरी १७ वटा स्थानीय निकाय मध्ये ७ वटा नगरपालिका र २ वटा गाउँपालिका गरी ९ वटा स्थानीय निकायले ले मात्र राहत वितरण शुरु गरेको छ भने ८ वटा स्थानीयलनिकाय ले गरिब, विपन्न,तथा ज्यालादारी गर्ने मजदुरहरुको तथ्यांक संकलन गरिरहेको प्रमुख जिल्ला अधिकारी सरोज गुरागाँइले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

ब्राउन सुगरजस्तो पदा ...

सिरहा । सिरहाको गोलबजार नगरपालिका–६ स्थित धमनिमाई मन्दिर नजिकबाट प्रहरीले ब्राउन सुगरजस्तो देख ...

भदौमा सिरहा प्रहरीमा ...

सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहाले २०८३ साल भदौ महिनामा जिल्लामा विभिन्न प्रकृतिका १२५ वटा अपराध ...

प्रहरी हत्याका फरार ...

सिरहा । ड्युटीमा खटिएका प्रहरी वरिष्ठ नायब निरीक्षक (स.प्र.नि.) लक्ष्मण प्रसाद यादवलाई गाडीले ठक्कर ...