दैनिक छाक टार्न समस्यामा परेका मल्लिक समुदायलाई राहत

  • वैशाख १२, २०७७
  • ३०१ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

संजय विश्वकर्मा लहान  १२ , बैशाख । सिरहाको नवराजपुर गाउँपालिकामा शुक्रबार राहत वितरण भएको छ । लकडाउन प्रभावित दैनिक ज्यालादारी गरि जिविकोपार्जन गरिरहेका डोम समुदायहरु राहत प्रदान गरेको छ । दैनिक छाक टार्न समस्या परेका कारण उनिहरुलाई गाउँपालिकाका एक संस्थाले राहत वितरण गरेको हो ।
संस्थाको विशेष पहलमा १५ जना मनकारी युवाहरूको एक समुहले चन्दा संकलन गरि राहत सामग्री खरिद गरेको आयोजक नव जागरण युवा समाज नवराजपुरका अध्यक्ष राजिव यादवले जनाए । गाउँपालिका अन्तर्गत वडा नम्बर ३ का १३ घरधुरी , वडा नम्बर ५ का ५ घर र वडा नम्बर १ का ३ घर गरि जम्मा २१ घरधुरी डोम बस्तीमा राहत बाडेको हो। शिक्षक राम औतार मण्डल , शिवदेव साह , अमोद यादव , समाजसेवी बजेन्द्र प्रसाद यादव ,आशादेवी साह लगायतका १५ जना दाताहरु वाट चन्दा संकलन गरि करिब २५ हजार बराबरको राहत सामग्री खरिद गरिएको थियो ।
स्थानीय युवाहरुले सामाजिक दुरि कायम गरि राहत बाडिएको जनाईएको छ । प्रती परिवार १० किलो चामल , १ केजि दाल , १ लिटर खानेतेल , ३ किलो आलु , आधी किलो स्वाविन,१ किलो नुन , नुहाउने साबुन २ पिस बाडेको संस्थाका सचीव उमेश कुमार यादवले जानकारी दिनुभयो । राहत सामग्री बुझदै एक जना बिपन्न नगेन्द्र मल्लिकले भने- लकडाउनका कारण दैनिक छाक टार्न समस्या भएको थियो , यो राहतले धेरै खुसी छु ।´ राहत पाउने अर्कि बिपन्न मुन्ना देवि मल्लिकले राहत बितरण गर्ने समाजसेविहरुलाई धन्यवाद दिईन ।

प्रतिक्रिया दिनुहोस

ब्राउन सुगरजस्तो पदा ...

सिरहा । सिरहाको गोलबजार नगरपालिका–६ स्थित धमनिमाई मन्दिर नजिकबाट प्रहरीले ब्राउन सुगरजस्तो देख ...

भदौमा सिरहा प्रहरीमा ...

सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहाले २०८३ साल भदौ महिनामा जिल्लामा विभिन्न प्रकृतिका १२५ वटा अपराध ...

प्रहरी हत्याका फरार ...

सिरहा । ड्युटीमा खटिएका प्रहरी वरिष्ठ नायब निरीक्षक (स.प्र.नि.) लक्ष्मण प्रसाद यादवलाई गाडीले ठक्कर ...