सभासद श्रीवास्तव ब्यक्तिगत आर्थिक लगानीमा निःशुल्क खाना खुवाउदै

  • वैशाख १८, २०७७
  • ३२० पटक पढिएको
  • Ram Pukar Yadav
alt

 रोयाण्टर मण्डल लहान / नेताहरु त प्रदेश लगायत देश भरमा धेरै छन् तर मनकारी नेता प्रदेश नम्बर २ का प्रदेश सभासद मदन सेन प्रसाद श्रीवास्तवले विपन्न नागरिक तथा बात बतोही (बतुवा) लाई आज बिहीवार देखि २५ गते बिहीवार सम्म बिहान र साझ निःशुल्क खाना खुवाउने भएका छन् । यस प्रकारको ब्यक्तिगत आर्थिक लगानीमा बिहान र साझ निःशुल्क खाना खुवाउने प्रदेशमा रहेको प्रत्येक जिल्लाका सहकर्मीहरुबाट आएको जानकारी अनुसार प्रदेशभरमा वहाँ मात्रै यस्तो गुणकारी कार्य गर्न लागेको जानकारीमा आएको छ । हुन त यस प्रकारको कार्य सामुहिक सहयोगमा धेरै ठाउँमा हुने गरेको छ तर ब्यक्तिगत आफनै सहयोगमा गर्ने वहाँ पहिलो सभासद हुनु हुन्छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथामका लागि सरकारले लकडाउनको घोषणा गरेपछि त्यसको प्रत्यक्ष मारमा विपन्न नागरिक परेका अवस्थालाई मध्यनजर गर्दै विहान ९ बजे देखि १ बजे सम्म , साझ ६ बजे देखि ७ः३० (साढे सात) बजे सम्म श्री राम जानकी मन्दिर सुखीपुरको परिसरमा खाना खुवाउने प्रदेश सांसद श्रीवास्तवले बताउनुभयो । वहाँले सिरहा जिल्लाको निर्वाचन क्षेत्र– २ (ख) बाट प्रदेश सभामा अत्यधिक मत प्राप्त गरेर निर्वाचित हुन भएको छ ।

प्रतिक्रिया दिनुहोस

सिरहामा प्रहरीको गोल ...

 सिरहा, १९ असार – सिरहाको नवराजपुर गाउँपालिका–५ मा शुक्रबार प्रहरी र लागुऔषध कारोबा ...

सिरहामा SaMi कार्यक ...

 सिरहा | नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालन भइरहेको सुरक् ...

विष्णुपुर गाउँपालिका ...

सिरहा, असार १० गते। विष्णुपुर गाउँपालिकाको आयोजनामा आर्थिक वर्ष २०८३/०८४ को बजेट, नीति तथा कार्यक्रम ...