दैनिक ज्याला मजदुरी गरी जिवन यापन गर्दै आएका ६ सय ९६ जना विपप्न घरपरिवारलाई राहत सामग्री वितरण

  • वैशाख २१, २०७७
  • ५७० पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 रोहित कुमार मण्डल सप्तरी (कुशहा ) २१ बैशाख । विश्व व्यापी महामारीको रुपमा फैलिदै गएको कोरोना भाइरस अर्थात कोविड –१९ को सन्त्रास फैलिदै गएको बेला नेपाल सरकारले गरेको लामो समयको लकडाउनको कारण दैनिक ज्याला मजदुरी गरी दैनिक जिवनयापन गर्दै आइरहेका सप्तरीको सुरुङ्गा नगर पालिका –७ हरिपुरका ६ सय ९६ जना विपप्न घर परिवारका लागि आज आइतबार राहत सामग्री वितरण गरेको छ ।

सप्तरीको सुरुङ्घा नगर पालिका ७ का वडा अध्यक्ष शिव नारायण चौधरीको अगुवाई तथा सशस्त्र प्रहरी बल बेश क्याम्प कुशहाका सशस्त्र प्रहरी नायब निरिक्षक हरिराम सिटौला, प्रहरी चौकी धाँतीका प्रमुख डम्बर बस्नेत, तथा विभिन्न राजतिक दलका प्रतिनिधिहरुको रोहबरमा आइतबार राहत वितरण गरिएको राहत वितरण कार्यमा सहभागि महेन्द्र कुमार पासवानले जानकारी दिनुभयो ।

लामो समयको लकडाउनका कारण दैनिक रुपमा ज्याला मजदुरी गरी जिविकोपार्जन गर्दै आइरहेका यहाँका दलित तथा अति विपप्न घरपरिवारलाई दैनिक जिवन यापन गर्न कष्टकर बन्दै गइरहेको बेला सुरुङ्घा नगर पालिका ७ हरिपुरले राहत सामग्री स्वरुप चामल १५ केजी., एक केजी नुन, मसुरोको दाल २ केजी, खानेतेल एक लिटर खाधान्न सामग्री वितरण गरेको राहत सामग्री वितरण कार्यमा सहभागी समाजसेवी मिथिलेश मिश्रलाई उदृत गर्दै हाम्रा सहकर्मी रोहित कुमार मण्डलले जनाएका छन् । आज राहत पाएपछि सुरुङ्गा नगर पालिका– ७ हरिपुर, पोखरीया दलित बस्ती, बसानपटि राम टोल तथा मुस्लीमटोल गरिब तथा विप्पन परिवार खुशिले गदगद भएका छन् ।

प्रतिक्रिया दिनुहोस

सिरहामा प्रहरीको गोल ...

 सिरहा, १९ असार – सिरहाको नवराजपुर गाउँपालिका–५ मा शुक्रबार प्रहरी र लागुऔषध कारोबा ...

सिरहामा SaMi कार्यक ...

 सिरहा | नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालन भइरहेको सुरक् ...

विष्णुपुर गाउँपालिका ...

सिरहा, असार १० गते। विष्णुपुर गाउँपालिकाको आयोजनामा आर्थिक वर्ष २०८३/०८४ को बजेट, नीति तथा कार्यक्रम ...